सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश

सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

नयाँ दिल्ली , ३० भदौ ।
बलिउडका प्रख्यात अभिनेता सलमान खानलाइ न्यालयमा पेश हुन आदेश आएको छ । कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ ।
सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको हो।

अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन ।

अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी