युवाहरुको बाध्यतामा अडिएको नेपालको वैदेशिक रोजगार र अबको बाटो

युवाहरुको बाध्यतामा अडिएको नेपालको वैदेशिक रोजगार र अबको बाटो

  • सोमवार, भदौ २९, २०७७
  • -वीरबल खड्का

  • 15.1K
    SHARES

वैदेशिक रोजगारीको लागी प्राचिन काल देखीनै नेपाली तन्नेरीहरु बिदेश जाने प्रचलन थियो भन्नेकुरा इतिहासले पुष्टि पनि गरिसकेको छ यसरीनै राणाकालीन समयमा पनि नेपाली तन्नेरीलाई सेनामा भर्ति गर्नको लागि उर्दि जारी गरिन्थ्यो र नेपाली तन्नेरीहरु सेनामा भर्ति भएपछी तिनीहरुको टाउकोलाई गणना गरेर कुत उठाए जसरी रकम असुल्थे यसरी शासक बर्गले योग्य उमेरका जवान र खाईलाग्दा युवाहरुलाई पलायन गर्न बाध्य तुल्याईको थियो।

प्रक्रियागत शैली अलग भएपनि यसको निरन्तरता अहिले पनि कायमनै छ ।देश र जनताले व्यवस्था र नेतृत्वका धेरै प्रकारहरुको स्वाद लिईसकेको सन्दर्भमा हामीलाई राजतन्त्रको ठाउमा गणतन्त्र ,श्री ५ सरकारको ठाउमा नेपाल सरकार ,शाही सेना ठाउमा नेपाली सेना र सधै प्रयोग हुने हाम्रा राजमार्ग हरु लोकमार्ग भएसगै नयाँ समाजवाद उन्नमुख संविधान हुँदै समृद्ध नेपाल र सुखी नेपालीको नारा र सम्म आईपुग्दा पनि युवाहरुको वैदेशिक रोजगार भने रोकिन्न सकेन् बोरू जन,कुनै न कुनै रुपमा बढेर गएको छ।

प्रसङ्ग गोर्खा भर्तिको कुरा गर्दा आज देशको हरेक शहरमा नेपाली युवाहरुलाई भर्ति गराउने योग्य र सक्षम युवाको खोजीका लागि तालीम केन्द्र भर्तिकेन्द्र खोलेर गोर्खा भर्नाको नाममा ब्रिटिस,सिङ्पुर र ईन्डीयामा आफ्ना नव जवान तन्नेरकी पठाउने काम गरिएको छ जुन राष्ट्र निर्माणमा योगदान दिने युवा पलायन रोकिनु पर्छ किन हामीले राम्रा र योग्य मान्छेहरु पठाएर देश समृद्ध बनाउने सपना देख्दै छौ यो सरासर गलत छ जुन रोकिने नीति लिनु पर्छ र यस्ता नवजवान र योग्य युवालाई स्वदेशमै केही गर्ने संभावनाको खोजी गर्ने र अवसर दिनु पर्छ।

अर्को पाटो शैक्षिक जनशक्तिको कुरा गरौ नेपालमा उत्पादन हुने शैक्षिक जनशक्ति हामीले बिश्वका बिभिन्न महादेशका देशहरु अष्ट्रेलिया,बेलायत,जर्मनी,अमेरिका क्यानेडा जस्ता देशका विश्व बिधालयलाई तयारी अवस्थाका बनाएर पढ्नको लागि माटो रकम खर्चिएर कच्चा समाग्रि जसरी बिदेश निर्यात गरिरहेका छौँ तर यस रोक्नको लागि हामीले आज सम्म हाम्रा बिधार्थीलाई स्वदेशमै आफ्नो शैक्षिक भविष्य देख्ने बाताबरण बनाउन सकेका छैनौं यसका लागि थोरै प्रयत्न पनि गरेका छैनौं यसले गर्दा नै आज नेपालका ठुल ठुला शहरका प्रमुख चोक देखि गल्ली सम्ममा बिभिन्न किसीमका नेपाली बिधार्थी विदेश पठाउनको लागि विभिन्न नीजी क्यापस देखी कन्सलटेन्सीहरू,बिधार्थीलाई बिदेश पढ्न पठाउने केन्द्रहरु खोलीएका छन जसको पहिलो उद्धेश्यनै बिधार्थीलाई बिदेश पठाउनु हो जसले गर्दा आज बार्षिकरुपमा लाखौं बिधार्थीहरु पलायन भएका छन् र उत्तै आफ्नो उर्जावान समय बिताई रहेका छन् र स्वदेशमा भने आफ्नो सन्तानलाई बिदेश पठाउदा अभिभाबकहरु खुसी र गर्वको महसुस गर्ने कस्तो बिडम्बना हो यस्तै शैलीले देश समृद्ध हुन्छ यसबारे नेतृत्वले सोच्ने कि नसोच्ने।अबका यस्ता उर्जावानहरुलाई देशमै दक्ष बनाएर अवसर र संभावनाको ढोका खोल्न सके मात्र समृद्धि हासील गर्न सकिन्छ।

अब यसरीनै युवा रोजगारको पलायनको कुरा गर्दा अहिले अधिकतम रुपमा एसियाको मध्यपुर्वका अरबराष्ट्र ,मलेसियामा ,र कोरिया जानेहरुको संख्यापनि उल्लेखनीय छ यसको सन्दर्भमा सरकारले देश भित्रका संभावना र अबसरका ढोका बन्द गरेर सरकारी तबरबाट वैदेशिक रोजगार प्रबद्धन बोर्ड खोलेर राज्यले नीतिगतरुपमा आफ्ना तन्नेरीहरु सप्लाई गर्ने र उनिहरुको कमाईबाट राज्य चलाउने नीति अख्तियार गरेको छ त्यसैले गर्दा दैनिक जसो १२०० को दरले नेपाली तन्नेरी बिदेशीयका छन् तर अहिले कोरोनाको महामारी सगै रोकीए पनि यो प्रक्रिया कोरोना नियन्त्रण पश्चात् निरन्तरता भन्ने पक्कै हुन्छ तर अब केही समय लाग्न भने निश्चितनै छ। हालको विश्वव्यापीरुपमा कोरोना भाईरसको महामारी फैलिएको अस्त व्यस्थ समयमा समेत रोजगारका लागि विदेशीएका लाखौं युवाहरु महामारी सगै रोजगार बिहीन भएका छन् उनीहरुको उद्धारमा समेत ढिल्ला सुस्ती र प्राथामिकताका साथ काम नगर्नु पनि नेतृत्वको चहान बिदेशनै वसुन भन्ने नै हो ताकी सरकारसग स्रोत साधन हुदा समेत महिनौ सम्मको अबधी पनि आफ्ना रोजगारबिहीन भएका नागरिकलाई बिदेशी भुमीबाट फर्ता ल्याउन नसक्नु पनि यसकै उदाहरण हो। फलस्वरुप बिरोधमा रोजगारका लागी बिदेशीयका नेपालीहरू आन्दोलित भएका छन् यसको पच्छिल्लो उदाहरण साउदी अरबमा प्रर्दशनमै उत्तर्नु निन्दनीय र दुखद छ जसले नेतृत्वको व्यबहारलाई पुष्टि समेत गरेको छ।

पहिला युवाहरुलाई बिदेश पठाउनको लागी गल्लावाला गाउमा पस्थे भने अहिले दलालहरु गाउँ पस्छन तन्नेरीको पासपोर्ट बनाउनको लागि यसरी प्रक्रिया अलग भए पनि प्रबृत्ती भने रोकिएको छैन यसको प्रत्यक्ष असर राज्य सञ्चालनमा पनि पर्छ ताकी युवाहरुलाई बिदेश पठाएर वेथीतिका चाङमाथी निर्धक्क शासन गर्न सक्ने वातावरण पनि तयार पारेका हुन शासकहरुले पनि भन्न सक्छौं।यसको ज्वालनत उदाहरण हो सरकारले स्वरोजगार कोष स्थापना गरेर रोजगारी श्रृजना गर्न खोजे पनि राजनीतिक दलको प्रभावमा त्यसलाई सही ढंगले सदुपयोग गर्न सकेको छैन’ ‘त्यसले गर्दा पनि अधिकाश युवाहरुमा निराशा बन्न पुगेको छ ।’ सुरक्षा लगानी र उत्पादनमुलुक रोजगारी श्रृजना गर्न नसक्दा बेरोजगारीको समस्या दिन प्रतिदिन आकाशिएको छ र आज यसको व्यबस्थापन गर्नको लागि सरकारले बिदेश जानको लागि अफर खोल्ने नीति लिएको छ फ्रि भिसा र फ्रि टिकटको सुबिधा सगै लाखौं युवालाई बिदेशीन बाध्य बनाएको छ।

बैदेशिक रोजगारको सबल पक्षको कुरा गर्दा कतिका घरमा टिभी मोबाई भित्रिए कतिले घर बनाए जग्गा जोडे कतिका छोरा छोरीले टाई झुन्ड्याउन पाएका छन् परिवारले मीठो मसिनो खान पाएका छन कतिले बिरामीले उपचार पाएका छन् यो सबल पक्ष मात्र अब देखेर हुन त्यसका निम्ति हामीले चुकाईरहेको मूल्य पनि हिसाब हुनु पर्छ जसले गर्दा आज हाम्रा हजारौं बालबालीका बाबुको माया र ममता बेगार हुर्कन बाध्य छन् कति दिदिबहिनीको पतिको प्यार र बैँस त्यसै फुलेको छ लाखौं बृद्ध बा आमा छोरा छोरीको पर्खाईमा बुढेशकालका दिनहरु काट्दै छन् र अर्को कुरा हामीले प्रदेशको कामाईलाई कति दिर्गकालिन हितमा लगाउन सकेयौ।यसताकुराको बिश्लेषणात्मक बहस गर्दै हामीले कसरी युवा पलायन रोक्ने भन्ने कुरामा सबैको ध्यान जानू जरूरि छ र यो प्राचिन काल देखीनै एउटा पुस्ता कुनै न कुनै रुपमा बैदेशिक रोजगारमै जानू पर्ने अहिले सम्मको समयमा आउदा पनि भोग्नु परेको छ अब बिदेशको बिकल्प खोजौ। स्वदेशमै संभावना र अवसर सृजना गरेर उर्जावान युवाहरुको बिदेश पलायन रोक्न सके मात्र नारामा भने जस्तो समृद्ध नेपाल सुखी नेपालीको नाराले शार्थकता पाउने छ।

अन्तत् युवाको लागी अहिले सम्म बनाईएका सम्पुर्ण कार्यक्रम कार्यन्वनको पाटोमा जान सकोस, युवा मैत्री स्वरोजगार ऐन नियम लियाएर युवाहरुको बिदेश पलायन रोक्नको लागि स्थानीय सरकार देखि केन्द्रसम्मको सरकारले संभावित कृषि, पशु,पन्छी,माछा पालन, व्यापार ,निर्माण, सेवा र पर्यटन लगाएत हर क्षेत्रमा युवाहरुको परिचालन गर्न सामुहिक याँ ब्यक्तिगत जुन सुकै ढङ्गबाट युवारोजगार प्रर्बद्धन गाउँ गाउमा सहकारी बिकास बाट संभावना र अबसरको बिकास गर्दै उमेरगत र उनीहरुको ईच्छा बुझेर क्षेत्र निर्धारण गर्दै विभिन्न तालिम केन्द्र खोल्ने र योग्य र दक्ष बनाउने खनिज उत्खन्न देखि सम्पुर्ण क्षेत्रमा स्थानी देखि केन्द्र सम्मको सरकारले यसलाई प्रथामिकतामा राख्दै स्वदेशमा युवा निर्भर हुँदै युवा पलायन रोकिनु पर्छ अनि मात्र तपाईं हामीले भने जस्तो सुखी नेपाली र समृद्ध नेपालको नाराले व्यबहारमा स्पर्श गर्न सक्नेछौ।
-वीरबल खड्का धनकुटा हाल: दोहा कतार।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी