घमन्डि लुटेरा 

  घमन्डि लुटेरा 

  • आइतवार, भदौ २८, २०७७
  • -कबिता ढकाल ढुङेल

  • 20.9K
    SHARES

चिन्दैनन यहाँ आफ्न्त जनलाइ आफै नै ठालु भई।
धनाड्य मै हु कोहि छैनन् अरु आफन्त भन्ने लाई।।

न त चिन्दछन तिनले बाबा र आमा न कुनै दाजुभाई।
अर्काको खुनमा उफ्रदै हिड्छन सधै नै घमन्ड देखाई।।

न त गर्दछन कसैको इज्जत न कसैको सम्मान।
जतिसुकै धनाड्य भए पनि यमका सबै हुन समान।।

जति नै उफ्रेपनि भ्यागुतो हुन्छ सधै भुई को भुई।
धनको तुजुक देखाउदै हिड्छन सधै भै बुइ का बुई।।

लान्छौ कि त्यो लुकाएको धन कात्रोमा गोजि बनाएर।
दिन्छौ कि त यमका दुतलाई घुस अगाडि नै गएर।।

कति महान हुन्छौ होला अर्काको मन दुखाएको धनले।
कहाँ पो पुग्न सकौला र त्यो तिम्रो घमण्ड को पनले।।

चिन्दैनौ यहा कसैलाई पनि गरिब कोहि दाजु भाई।
सक्दैनौ तिमिले कहिले पनि खुसि त्यो किन्न लाई।।

क्षणिक तामासि मात्रै हो अर्काको मन दुखाएको धन।
आफ्नै परिस्रम गरेर खाएको मात्रै सधै हुन्छ आनन्दि मन।।

लेखक-कविता ढकाल ढुङेल मेची नगरपालिका -६ झापा

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी