(कविता)-हामी कोरोना रोगले होइन, भोकले मर्ने भयौँ

(कविता)-हामी कोरोना रोगले होइन, भोकले मर्ने भयौँ

  • आइतवार, भदौ २८, २०७७
  • -ऋषिराम लामिछाने

  • 10.7K
    SHARES

मलाई, उस्लाइ तपाइँलाई कोरोना रोग लाग्ला
यो कोभिडले सँसार घुम्यो एक दिन त भाग्ला
कोरोनाले नेपालमा चाहिँ निकै सम्मान पायो
भाइरस प्रवेष हुनु पहिले हाम्रो साहस खायो

नेपालमा ओत लागियो ब्राजिलमा थियो वर्षा
भाइरस नेपाल छिर्नु पूर्व हामीलाइ किन तर्सा ?
एस।इ।इ।दिने विद्यार्थीलाई तनाव भयो ज्यादा
चैत्र,बैशाख ,जेठ महिना भर प्रभाव यदाकदा

स्कुल,कलेज यातायात र कलकारखाना ठप्पै
कोभिड- १९ को बाटो छेक्न बन्दा-बन्दी सप्पै
देशै स्थीर बनायथ्यौँ आखिर कोरोना त आयो
पत्ता पाउनुभयो कोहिले कहाँ गाफिल खायोर ?

जिल्ला,गाउँ,टोल बीचमा आवत जावत रोक्यौँ
सिमा पारका आफ्ना नाता गोता छान्दै बोक्यौँ
नजिक पर्दा र माया गर्दा रोगका भाइरस सर्छन्
जानकार , चिकित्सक डाक्टर यस्तै कुरा गर्छन्

बुझ्नु पर्नेहरु सबले चाहि सुनेनछन् कि छलफल
न त्यहि बेला कमिसनमा भएथ्यो कि  खलबल ?
सँधै उही बन्दाबन्दी र सकस् जनतालाइ निशेध
खुलाउँ चलाउँ सबै क्षेत्र नियम बनाई लौ बिशेष

यदि यहि चाल चलाइ रहे त आउँछन् भोकमरी
यो देशै तहसनहस् हुन्छ बुझौँ जोगिन्न केही गरि
आत्माहत्या निकै बढ्यो यहि लक्डाउन कारण
कोरोना रोगले होइन, भोकले बढ्यो लौ मरण।

लेखक: ऋषिराम लामिछाने ,गोर्खा बजार ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी