आज सर्वत्र अनलाईन अनलाईनको गाथा गुञ्जिरहेको छ । के यो साँच्चिकै हाम्रो शिक्षाको उन्नति नै हो त ? कि हामी यही भ्रममा आफूलाई चित्त बुझाएर हिंडिरहेका छौँ ?
हो अहिलेको विकल्प यो नै होला तर एक पल्ट सोँचौ के यो सबैको पँहुचमा छर ? मैले आफैले चिनेका कतिपय विद्यार्थी एक दिन कक्षामा आउन सकेका छैनन् कारण ईन्टरनेट छैन । के सरकारले यसमा केही बिचार गरेको छ ? कतिपयको आमावुवा वा अभिभावक शिक्षित छैनन् र कसरी ईन्टरनेटमा वा अनलाईन कक्षा सञ्चालन गर्ने अनविज्ञ छन् । आज एक्कासी यो नयाँ प्रविधि ल्याएर मात्र हुन्छ त ? अनलाईन नहुनेले एनटिभी हेरेर क्लास लिने रे ? अनि यसो हेरौँ नत भनेर टेलिभिजन खोलेर हेर्दा अग्रेजी बिषयको कक्षा चलिरहेको थियो । शिक्षकले पढाएको देखेर अलि अचम्म लाग्यो र सरकारी विद्यालयमा पढाउने शिक्षकको अँग्रेजी भाषाको स्तर देखेर स्तव्ध भँए । केही गणित र विज्ञानका पनि कक्षहरु हेँरे ।
यस्ता कक्षामा यदी विद्यार्थीले केही बुझेनन् र सोध्नु पर्यो भने खोईत मानव कनेक्सन ? हाम्रो सामान्य कक्षाहरुमा जुन आत्मीयता र कुराहरु आदान प्रदान हुन्छ त्यो खोई ? टिभीको अगाडी बसेर मात्र एउटा विद्यार्थीले के आर्जन गर्यो ? त्यो कसरी चेक गर्ने ? बरु अनलाइन क्लासको जुम गुगलमा त्यो त गर्न सकिन्छ । तर कतिपय समय विद्यार्थीहरु अन भनेर गायब भएको पनि देखिएको छ ।
हुनत यी साना झिना मसिना कुरा होलान् तर यसलाई नियन्त्रण गर्न सकिएन भने हाम्रो उसै त कमजोर शिक्षा प्रणाली झन् खस्किने छ । सरकारको तर्फबाट शिक्षालाई प्राथमिकता नदिएर नै यो समस्याको हल हुन गाह्रो भएको छ । के यत्रो बजेटमा गाँउ गाँउमा ईन्टरनेट पुर्याउन सकिदैन थियो र ? ईन्टरनेट प्रदायकहरुसगँ समन्वय गरेर अलि सस्तोमा सरकारले हामी सबैको ट्याक्सको पैसाबाट त्यति सहुलियत दिन सक्दैन थियो र ? हुनत आफ्नै जनताको हितमा एउटा केही गर्न तयार छैन। यस्तो सरकार भएर वा नभएर के फरक पर्छ र ?
समय शक्ति सबै प्रयोग गर्न सक्नु पर्छ । यसलाई मान्छेहरु सजिलै व्याख्या गरिदिन्छन् । अनलाईन क्लास अहिलेको नयाँ पद्धति बन्दै छ । त्यसको विकास गर्नु छ जुन सरकारले गर्नु पर्छ ।
शिक्षा क्षेत्रमा सरकारको के दायित्व रहेको छ त ? न कुनै प्याकेज न कुनै सहुलियत । यस्तै हो भने धराशाय बनिसकेको शिक्षा क्षेत्रको अन्तिम संस्कार गर्नु नपर्ला भन्न सकिन्न ।
लेखक– श्री दिवा ईन्टरनेसनल स्कुलकी निर्देशक हुनुहुन्छ ।