नेपालको राजनीतिक आन्दोलनमा विभिन्न काल खण्डमा बिदेशी साम्राज्यवादी विरुद्ध होस अथवा नेपाली सामन्तवादी शासनको बिरुद्ध नेपाली जनताले त्याग तपस्या बलिदान गर्दै आएको छ्न । चाहे त्यो राणा शासनको विरुद्धहोस पन्चायत दरबारियाहरुको विरुद्ध भएकोहोस फरक समयमा विभिन्न तरिकाले भएको आन्दोलनदेखि अहिलेसम्म भएका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धमा पटकपटक नेपाली काङ्ग्रेस, माले, वाम मोर्चा र माओवादीका नाममा देश र नेपाली जनतालाई धोका भएको छ त्यसैले नेपालको उन्नति प्रगति हुन सकेको छैन नेपाली जनता आज भोलि आजित भएको छन । अबको विकल्प नेपाली जनताले निर्धारण गर्नु नै पर्छ ।
२०५२ साल देखी शुरु भएको दस बर्षको महान जनयुद्ध ६२र६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन बाट ठुलो त्याग तपस्या बाट प्राप्त भएको उपलब्धि हो गणतन्त्र तेति सजिलोसँग आएको कहाँ होर १७ हजार नेपाली आमाको छोरा छोरीहरुले रगतको आहाल बगाएर हजारौं योद्धाको बलिदान र हजारौं घाइते ,अपांग ,बेपत्ता अङ्ग भङ्ग भएर आशुको धारा बगाएर हजारौं बालबालिका लाई टुहुरा बनाएर कयौं नारीहरुको शिन्दुर पुछिएर बुडाबुडि बाबा आमा लाई बेसाहारा बनाएर जनताको मुक्ति आन्दोलन बाट ठुलो सघर्स बलिदान बाट स्थापना भएको गणतन्त्र हो । हिजो देश जनताको अधिकारको लागि तमाम नेपाली जनताको अधिकारको लागि आफ्नो अमुल्य जीवन लाई अर्पण गर्दै बुर्जुवा शिक्षा भनेर पढ्न छाडेर जनताको अधिकारको लागि आफ्नो सुनौलो भबिस्य बनाउन छोडेर गणतन्त्रको लागि आफ्नो जिवनलाइ बलिदान दिन तयार भएको युवाहरु महान गणतन्त्र ल्याउने मुख्य योद्धाहरु कोहि आज गणतन्त्रको चिसो जेलमा छन त कोहि ५०र५५ डिग्रीको खाडिको घाममा आफ्नो पसिना बगाई रहेका छ्न कोहि युद्धको सम्झना गर्दै गोलीको छर्रा बोकेर आफ्नो परिवार पाल्नको लागि मृत्यु सङ्ग लडिरहेका छन शहिद र बेपत्ता परिवारहरु आज सामान्ती दलालहरु सङ्ग शिर निहुराएर हिंड्न् परेको छ । तमाम नेपाली जनताहरु बिदेशी भुमिमा पसिना बगाउन बाध्य छन। हामीले सुन्यौ नेपाली नगएको कुनै देश नै बाकी छैन आज भोलि, हिजो देश जनताको लागी मुक्ति आन्दोलन गर्दा त्याग गरेको नेपाली जनता लाई ब्यवस्थापन गर्न सकेका छैन्न सरकार र सत्तामा छेपारोले रङ्ग फेरेजस्तै विभिन्न रङ्गमा पुरानै दलाल ,भ्रष्ट र सामान्तहरुनै हालीमुहाली गरिरहेका छन र विभिन्न बहानामा गणतन्त्र ल्याउने मुख्य भुमिका खेल्नेहरुहरु लाई आज एक अपराधी बनाउन तिर पहिले कै दलाल सामन्ती सोच भएको मान्छेहरु निरन्तर लागी रहेका छ्न । हिजो गणतन्त्र ल्याउन भन्दै तमाम नेपाली जनता लाई युद्धमा होम्याउने नेताहरु उहीँ दलाल डलरबादी सङै मिलेर राज्य दोहन गर्दै नेपाली जनता लाई धोका दिई रहेका छ्न दुई चार जना करोडौं पति भए होला तर आज पनि तमाम नेपाली सर्बहारा जनताको जीवन स्थर जहाँको त्यही दयनीय नै छ । अबको नयाँ विकल्प नेपाली जनताले खोज्नु पर्ने बेला आएको छ । खराब मान्छेहरु लाई चुनाव जिताउदा सरकारमा गए पछि, देश जनताको पक्षमा सहि काम गर्ने कुरा नै भएन आम नेपालीहरु गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ ।
आफुलाई नेता मन्त्री भनाउदाहरु देश र जनताको पक्षमा काम गर्ने भन्दा पनि हावाको भरमा जनता लाई बिभिन्न भ्रम छरेर देशको ढुकुटी लुट्ने आसे पासे भरुवाहरुको गोजि भर्ने अपराधी दलालहरुको समर्थन गर्ने तिर लागि रहेको छ । अन्ततस् यो दलाल संसदिय ब्यबवस्था फेल भैसको छ ।
मजदुर ,किसान ,युवा ,महिला दलित ,जनजाति पिछडिएका क्षेत्रहरू तमाम सर्बहारा बर्गको पक्षमा नभएर दलाल र पुजिपति बर्गलाई उकालो चडाउने योजना तिर बाट नै संसदीय पार्टीहरु राजनीति फोहोरी खेल जोड घटाउको खेल खेलिरहेका छ्न । देश जनताको सेवा भन्दा पनि आफुले मेवा कसरी पाईन्छ भनेर लागि परेका छन । यो नेपाली जनताको पक्षमा छैन । देश र जनता माथीको गद्दारी तमाम नेपाली जनता लाई मान्य हुने छैन ।
जबसम्म तमाम सर्बहारा बर्ग मजदुर ,किसान,युवा ,महिला दलित जनजाति ,उत्पीडित बर्गको हकअधिकार सुनिश्चित हुदैन, आम नागरिक स्वतन्त्ररुपमा बाच्न पाउने अधिकार सुनिश्चित हुदैन, तवसम्म देशमा गणतन्त्र आएको नेपाली जनताले महसुस गर्ने छैनन नेपाली जनताले आफ्नो अधिकारको लागि निरन्तर आन्दोलन गर्ने छ्न। जब सम्म देशमा गणतन्त्र आएको महशुस हुदैन जब देशमा आमुल परिवर्तन हुदैन देशले मुहार फेर्दैन तबसम्म सम्पुर्ण सर्बहारा नेपाली जनता जाग्नै पर्ने हुन्छ,जब सम्म जनताले आफ्नो अधिकार पाएर देश स्वाधीन स्थिर बिकासको गतिमा अगाडी जादैन तबसम्म नेपाली जनताले सुखी र शान्त तरिकाले आफ्नो अधिकार प्राप्त गरेर जिउने बाताबरण हुदैन तब सम्म कान्तिको आवस्यकता जहिल्यै पर्दछ ।
आफ्नो पार्टी सरकारमा हुदा पनि देश लाई खोक्रो बनाउने काम मात्रै गरेजा छ्न । अहिले शक्तिशाली पार्टी हौ भन्नेहरु कति पटक सरकारमा गए कति नेताहरु पटक पटक प्रधानमन्त्री बने खै देशले के पायो ? पार्टी सरकारमा हुदा नेताहरु मन्त्री हुदा आसे पासे झोले कार्यकर्ताको आर्थिक हैसियत दरो बनाए नेता कार्यकर्ताले देश जनताको सेवा गर्ने भन्दा पनि कसरी आफू सरकारमा भएको बेला दिन दुई गुणा रात चार गुणा अर्बौं पैसा आफ्नो पार्टीको नेता कार्यकर्ताको नाम बनाउने तिर तल्लीन भएको देखी सकेका छ्न नेपाली जनताले प्रजातन्त्रको गणतन्त्रको दुहाई दिदै छ्न आज भोलि पनि पटकपटक सरकारमा जाने अनि देश जनाताको बारेमा होईन आफू कसरी राज्यकोषबाट पैसा आफ्नो नाम गर्ने सोचाइ त्यति मात्रै छ । नेपाली जनता यी राजनीति पार्टीहरु बाट देश बिकास हुन्छ भन्ने सोच्नु र गोरु ब्याउछ र दुध पिउछु भन्नू उस्तै उस्तै हो।
राज्यको उधोग कलकारखाना कौडिको मुल्यमा बेची सके विभिन्न काल खण्डमा देशको नदि नाला भारत लाई बुझाए अनि देश बिकासको हावा कुरा गर्दै जनतालाई उल्लु बनाउदै छन आज भोलि पनि उहीँ बाजे बजैको पालोको राजनीति पार्टीहरुले हामी सरकारमा गए हामी यो गर्छौ त्यो गर्छौ भन्दै गफ लगाउदै छ्न अनि नेपाली जनताले बिश्वास गरि दिनु पर्ने रे एकपटक होइन पटक पटक । के नेपाली तमाम हामी नेपाली जनता भेडा नै हो र जस्ले जे भन्यो तेतै कुदिरहने ? कदापि होइन ।
सत्तामा गएको बेला राज्य स्रोतको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आम नागरिकहरु र राजनीति पार्टीले चासो दिदा बिरोध गर्दा भणडाफोर गर्नेहरुमाथि पनि चरम मानवअधिकार र यही संवैधानिक व्यवस्थाको समेत खिल्ली उडाउदै धरपकड, गिराफ्तारी र यातना दिने जेलमा कोच्ने काम भईरहेको छ । जनतालाई सास्ती र दलाललाई मस्ती हुने गरी सबै क्षेत्रमा दलाली, कमिसन र लुटपाट खुलेआम मच्चिरहेको छ । कुरा उन्नति र समृद्धिको गर्ने अनि सबै संयन्त्रमा भ्रष्ट, कमिसनखोर, दलाल र माफीयालाई भरेर समृद्धि आउछ ?
अब जनस्तरबाट हरेक क्षेत्रबाट दलाीकरण र दलालतन्त्रके बिरोध हुनु जरुरी छ । बिदेशी एजेन्
टरु लाई सिमाना कटाउनु पर्छ । भुमाफिया बिचौलिया घुस्याहा कमिसनखोर शैक्षिक माफिया मेडिकल माफिया डन दादागिरी गर्ने फटाहाहरु देश लुटपाट गर्ने राजनीति पार्टीको झोले कार्यकर्ताहरुको कुकर्महरुको बारेमा आम जनता माझ अबगत गराउदै भणडाफोर गर्दै जनता सामु बास्तबिक कुरा जानकारी गराउनु पर्छ। देश लुटपाट गर्ने भाईरसहरुको अन्त्य गर्नु पर्छ मात्रै नेपाल बन्ने आधार तयार हुने छ । जब सम्म राजनीतिमा भ्रस्टाचारको अन्त्य हुँदैन तबसम्म देशमा सुशासन र सम्बृद्धिको अनुभव गर्न पाइनेछैन।
देशमा आमूल परिबर्तनको लागि राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आमनागरिकको जनजिबिकाको लागि बिदेशी हस्तक्षेपकारी नितिको अन्त्यको लागि, दीगो बिकास शान्ति सुरक्षा राष्ट्रिय सुरक्षाका लागि विभिन्न दलाल माफिया बिचौलिया भस्टचारीहरुको सफायाको लागि एकीकृत जनक्रान्तिको बैज्ञानिक सामाजको बाटोमा सम्पुर्ण देश भक्त नेपाली जनताहरु सेना प्रहरी सचेत क्रमचारिहरु नागरिक अधिकारकर्मि युवाबर्ग एक भएर लाग्नु पर्द्छ अनि मात्रै देशले मुहार फेर्ने छ । बिचौलिया दलाल भस्टचारीहरु बाट संचालित राजनीति सफाई गर्नु पर्छ। अनि नयाँ नेपालको परिकल्पना गर्न सकिन्छ तमाम सर्बहारा नेपाली जनताले खोजेको गणतन्त्र तब मात्र आउने छ।
-लेखक नेपाली जनप्रगतिशिल मोर्चा कतारका कोषाध्यक्ष हुन ।