काठमाडौँ , २६ भदौ ।
कोरोना महामारीकै बिच प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ ।
सीटीईभीटीले शुक्रबार एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका लागि असोज १९ भित्र आवेदन दिन सूचित गरेको हो ।
सीटीईभीटीका अनुसार सीटीईभीटीकै आंगिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुने विद्यार्थीहरुको संख्या जतिसुकै भएतापनि प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई कोटा संख्यामा छात्रवृत्ति दिइनेछ ।
परिषद्का अनुसार हालसम्म प्राप्त विवरणअनुसार ७ वटै प्रदेशमा गरी निशुल्क कोटाको कुल संख्या ३ हजार ६७ रहेका छन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline