एजेन्सी ।
शुसान्त सिंह राजपुतको आत्महत्याको केशमा हिजो पक्राउ परेकी रिया चक्रवर्तीको ११ वर्ष अघिको एउटा ट्वीट भाइरल भइरहेको छ । रियाले उक्त ट्वीटमा लागुऔषध कारोबार र एक युवती जेल गएको कुरा लेखेकी थिइन् ।अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।
रियाको सन् २००९ को नोभेम्बर १९ को एउटा ट्वीट भाइरल भइरहेको छ । यसमा उनले ११ वर्ष अघि जे कुरा लेखेकी थिइन् त्यो उनको वास्तविक जीवनसँग केही हदसम्म मेल खाएको छ । रियाले एक भारतीय युवतीबारे लेखेकी थिइन् जसलाई लागुऔषध ओसारपसारका लागि साढे चार वर्षको सजाय भएको थियो ।
सुशान्त सिंह राजपूतको केसमा ड्रग एंगल सार्वजनिक भएपछि थुप्रै ट्वीस्ट आइरहेका छन् । केसको अनुसन्धान सुरुमा मुम्बई पुलिस, बिहार पुलिस हुँदै सिबिआईको हातमा पुगेको छ ।
रियाले एनसीबीलाई दिएको बयानमा उनलाई ड्रग्सको सेवन गर्न सुशान्तले कर गरेको र उनले कुनै बेला गाँजासम्म लिएको हुनसक्ने बताएकी छिन् ।
