मुक्तक १
म एक आशा किरण सधैं सधैं बल्न पाऊँ
ढल्नै परे यही माटोमा माटै खाई ढल्न पाऊँ
स्वाभिमान छ छुट्टै मेरो पहिचानमा बाँचेकी छु
जल्नै परे यही देशको आर्यघाटमा जल्न पाऊँ
मुक्तक २
हरण होस् रोग भोकको जोशिलो लोक हुनुपर्छ
सत्तामत्ताहरु थाँती राखी जनता सबथोक हुनुपर्छ
राजभक्त देशभक्तअसल प्रतिनिधि कहलिन तिमी
मेचीकालीका मनमुटुमा दिव्य आलोक हुनुपर्छ
मुक्तक ३
आफ्नै आँखा लाग्छ आमा फेवा अनि राराजस्ता
मुसलधारे वर्षा देख्छु तिम्रो दश नाला धाराजस्ता
जून हेर्छु भक्कानिन्छु अनुहार तिम्रो झल्किरहन्छ
रत तारा पनि देख्न थाल्छु किनकिन बेसहाराजस्ता
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline