आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै , राष्ट्रिय शिक्षा दिवसका लागि नयाँ मिती तोकिने

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै , राष्ट्रिय शिक्षा दिवसका लागि नयाँ मिती तोकिने

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौँ , २३ भदौ ।
नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८कै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएको भएपनि यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस नयाँ मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा अलगै मनाउन लागिएको हो ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ ।
यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।

विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा वस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिनसँगै मनाउन थालिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य (नारा)का साथ विसं. २०३१ सालबाट मनाउन थालिएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ :क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी