कम्बोडियामा विद्यालयहरु पुनः खुल्न थाले

कम्बोडियामा विद्यालयहरु पुनः खुल्न थाले

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कम्बोडिया , २२ भदौ ।
कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् ।

सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् ।

शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उहाँले बताउनुभयो । सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो ।

निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ ।

सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटरको मापदण्ड बनाइएको पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा उनीहरुलाई विद्यालयमा प्रवेश गर्न नदिइने भएको छ ।

कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी राखिने छैन, मन्त्री नारोनले भन्नुभयो । उहाँले विद्यालयले त्यही अनुसार व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री नारोनका अनुसार हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ ।

कम्बोडियालाई कोरोनाभाइरसको महामारी रोक्न सफल देशका रुपमा लिइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा अहिलेसम्म कोरोनाका कारण २७४ जना सङक्रमित भएका छन् ।

कूल सङ्क्रमितमध्ये २७२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी