एजेन्सी । २२ भदौ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसमुक्त भइ घर फर्केका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकले जति माया पाए तर हिजोआज गाली पाइरहेका छन् ।
एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट भएपछि उनको ब्यापक आलोचना भइरहेको छ ।
उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अनावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ ।
केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार किने कारसहित पोज दिइरहेको तस्वीर भाइरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गाली र आलोचनाको बर्षा नै भएको छ ।
हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।
भारत अहिले कोरोना फैलिने देश मध्य दोश्रो स्थानमा उक्लिएको छ ।