रौतहट, २२ भदाै । पछिल्लो समय रौतहटमा लोकप्रियता कमाउन सफल गैरसरकारी संस्था माण्डवीले एकीकृत वास (WASH) परियोजना अन्तर्गत रौतहटको परोहा नगरपालिकाको रामपुर खापलाई WASH फ्री जोन बनाउने उदेश्यले संचालन गरेको परियोजना सम्पन्न गरेको छ ।
penny applle को आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तर्गत नगरपालिकाको रामपुर खापको विद्यालयलाई छनोट गरि त्यहाँ निर्माण गर्नुपर्ने आवश्यक सबै पूर्वाधार निर्माण गरिसकेको माण्डवीले सफलता पुर्वक परियोजना समपन्न गरेको हो।
WASH परियोजना अन्तर्गत छनोट बिधयालयमा सुबिधा समपन्न शौचालय, खानेपानी,लगायतको पूर्वाधार निर्माण गरिएको मान्डबीकि अध्यक्ष अन्जु झाले बताइन । साथै झाले विद्यालयमा अध्यनरत २० जना बालिकाको घरमा ती पूर्वाधारहरु निर्माण गरिएको अध्यक्ष झाले बताइन् ।
उक्त वडामा जनताका प्रत्यक्ष सरोकारका कार्यालयहरु, वडा कार्यालय, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी र विद्यालयमा समेत परियोजना सम्पन्न भएको हो । दुई वटा वाटर ट्याङ्की निर्माण गर्नुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम गरी परियोजना पूर्ण कार्यान्वयन भएको माण्डवीले जनाएको छ ।मान्ड्बीको यो पाइलाले नपाको शिक्षा क्षेत्र बिकासमा ठूलो टेवा पुग्ने प्रसासकिय अधिकृत ओम प्रकाश यादबले बताए ।छोरी बिधालयमा पढेपछी उपहार स्वरुप घरमा शौचालय र विभिन्न पुर्वाधारको निर्माण भएपछि आफुहरुलाई असाध्यै खुसी लागेको स्थानीय बिगु पटेलले बताए ।
मान्डबिको यो कामलाई हेरेर स्थानीय शिक्षा प्रेमीले खुलेर प्रशन्शा गरेका छन।स्थानीय परोहा नगरपालिका सहित जिल्लाको विभिन्न नपाको बिधायालयमा विभिन्न पुर्वाधार निर्माण,स्थानीय जनतालाइ शुद्ध खानेपानीलाई डिपकल जडान ,नपाको सहकार्यमा मुस्लिम समुदायमा मस्जिद निर्माण ,आर्थिक स्तरमा थिचिएकाकाको जिबिकोपार्जनका लागि विभिन्न सीप र तालिम कार्यक्रम ,महिला दिदी- बहिनीलाई सीप मुलक तालिम ,सरकारी निकाय सङ समन्वय गरि बिपद ब्यबस्थापनमा जनताको माझ उभिइ राहतका सामाग्री सहित विभिन्न सहयोग गर्दै आएको मान्डबिले रौतहट बासीको मन जित्न सफल भएको छ।
पुर्वाधार हस्तान्तरण कार्यक्रममा बोल्दै परोहा नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादबले मान्डबी र पेनि एपिअललाई हार्दिक आभार ब्यक्त गरेका थिए।