रथ तानियो मच्छिन्द्रनाथको ( तस्वीरहरु )

रथ तानियो मच्छिन्द्रनाथको ( तस्वीरहरु )

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

भदौ २१ ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पु¥याइएको हो ।

यसवर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको निलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुई तिर बसेर शान्त्त पूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मूलुकमा कोभिड सङ्क्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ ।” रथयात्रालाई विधि पूर्वक काँसहित विभिन्न बाजा बजाइएर सम्पन्न गरिएको महर्जनले जानकारी गराउनुभयो ।

रथयात्रामा सहभागी मानिसले खुसीका साथ पहिला हात हल्लाएर “होस्टे, हैंसे” शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटी नजिकै पु¥याएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रथयात्रा गर्न उपस्थित सहभागीले बेला बेलामा रथ तान्ने र समय समयमा नाच्ने गरेको दृष्यले पुल्चोकमा एकदमै मनमोहक भयो ।” मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराउनुभयो ।

उक्त रथयात्रामा केही प्रदेश तथा प्रतिनिधिसभाका सांसद पम्फा भुषाल, राजकाजी महर्जन र शोभा शाक्य सहभागी हुनुभएको थियो । सोह्र खुट्टे पाटी नजिकै रहेका घरघरका मानिसले भने घरघरैबाट रथयात्राको आनन्द लिइरहेका थिए । लोकेश्वर नजिकै रथमा केही मानिस र पानेजु बसेका देखिन्थे । सुरक्षा व्यवस्था अतिनै कडा थियो । गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथयात्रा पनि सम्पन्न भयो । लोकनाथ र मीननाथको दुवै रथयात्रा गर्न मानिस उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।

यसवर्ष रथयात्रा छेउमा महिला भने देखिएका थिएनन् । पुल्चोकमा उपस्थित सिमित मानिस, पुजारी, सञ्चारकर्मी, सुरक्षाकर्मीले मात्र यसवर्ष प्रत्यक्ष रुपमा रथयात्रा हेर्न मौका पाएका देखिन्थे । विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउएर शुभ साइतअनुसार भोटो जात्रा गर्ने गरिन्थ्यो । यसपटक भने त्यसो नगरिने भएको भदौ १८ गते १९ आँै जातिय खलः पुचले निकालेको पे्रस विज्ञप्तीमा उल्लेख गरिएको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी