“ उ र म “

“ उ र म “

  • आइतवार, भदौ २१, २०७७
  • बिनोद पोख्रेल

  • 20K
    SHARES

हिजो उ मेरो मित्र थियो

किनकि उ मेरो मन भित्र थियो!

हिजो उ मेरो मन परेको थियो

किनकि उसले मेरो मन पेट भरेको थियो!

हिजो उ मेरो आफ्नै खास थियो

किनकि उसको मलाई धेरै आस थियो!

हिजो उ मेरो नातेदार थियो

किनकि उ मेरो घरको आधार थियो!

हिजो उ मेरे परिवार थियो

किनकि मलाई चलाउनु घरबार थियो!

हिजो उ मेरो देवता थियो

किनकि उ सँग सहयोग गर्ने क्षमता थियो!

हिजो उ प्रति माया पोखिन्थ्यो

किनकि घर आँगनमा उसकै छाया देखिन्थ्यो!

हिजो उस्लाई मनले पच्छ्याई रहन्थ्यो

किनकि हरपल उसले मलाई सच्याई रहन्थ्यो!

अहिले म अलि कडा भएको छु

किनकि म आफै अहिले खडा भएको छु!

अहिले मेरो बसाई अलि पर सरेको छ

किनकि उसको र मेरो चाहना फरक परेको छ!

अहिले मलाई उस सँग भेट्नु छैन

किनकि उ सँग मेरो कुनै स्वार्थ मेट्नु छैन!

अहिले उ सँग नाता सम्बन्ध छैन

किनकि मलाई उसको पारिवारिक बन्धन छैन!

अहिले उ सँग कुनै मित्रता रहँदैन

किनकि मलाई अहिले उसको भावनाले सहँदैन!

अहिले म भित्र अंहकार अल्झिएको छ

किनकि मेरो मन मस्तिष्क षडयन्त्रमा बल्झिएको छ!

अहिले म भित्र रिस राग भरिएको छ

किनकि म भित्रै बैमनस्यताको बिउ छरिएको छ!

अहिले मेरो आँखा बन्द भएको छ

किनकि उज्यालो हराएर सूर्यास्त भएको छ!

सूर्योदय सँगै मेरा आँखा खुल्ने आस गरेको छु

ती स्वार्थका सपना सबै भुल्ने विश्वास गरेको छु

तर खै बिहान उठेर मुख धुन नपाउँदै

दोपहरको धूपमा बगेको खलखली पसिनाले

मेरा आकाङ्क्षाहरू रुझी सकेका हुनेछन्

बल्झिएका विश्वासहरू टुटिसकेका हुनेछन्

मेरो र तेरो भन्दा भन्दै दिन ढल्की सकेको हुनेछ

क्षितिजमा आगो सल्की सकेको हुनेछ !!!

हाल: ह्युस्टन टेक्सस

सेप्टेम्बर ५, २०२०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी