हाँस्दै हाँस्दै
बाँच्न पाऊ
हाँसी हाँसी
मर्न पाऊ
तेरो मेरो के नै छ र
सबै छोडी जानु छ
मर्ने बेलामा के नै लानु छ
लोभ ईष्र्या, मोह ,अहंकार
केका लागी गर्ने ?
पन्च धातुले बनेको शरीर
जल, वायु , अग्नि आकाश, पृथ्वी,
यहीँ माटोमा मिसिन्छ
उडेर जान्छ प्राण
रहदैँन हाम्रो शरीर
यसरी बाँच कि
आज म मर्दैछु
आफैंलाई चीन
म को हुँ
जीवन बाँच्नुको अर्थ के हो?
आफैंलाई चिन्यो भने
जीवन बाँच्नु अर्थ हुन्छ
हाम्रो जीवन प्रकृतिले
दिएको सुन्दर उपहार हो
सेवा गर असल कर्म गर
हाँस रमाऊ उत्सव मनाऊ
यो हाम्रो जीवनसँग
हामी त केबल केहि क्षणको लागि
आएका हौं खेल्नको लागि
जीवनको त्यो खेलसँग खेल्यो
र विलीन भयो यहीँ सृष्टिसँग
नाटकमा मन्चन गरेका
मात्र पात्र हौं हामी
हो आज मैसँग रमाउँछु
यति सुन्दर जीवनको अनुभव गर्न
दिएकोमा
आमा बुबा र गुरुजन प्रति
आभारी छु कृतज्ञ भएकोछु
यो सुन्दर जीवनसँग
हाँस्दै हाँस्दै
बाँच्न पाऊ।
अमित संग्रौला बिर्तामोड झापा