मन्त्रीज्यु, सांसद ज्यु ,विधायक ज्यु, मेयर ज्यु सिडिओ ज्यु ,एसपि ज्यु ,सबै साहब ज्यु तपाईं हरु सङ्ग चिल्ला चिल्ला गाडि छ तपाइ हरुसङ्ग बिदा भए हडताल भए, लकडाउन भए निषेधाज्ञा जे भए पनि सरकार ले तलब भत्ता सुबिधा दिएकै छ । असारे बजेट चलाउन पाउनु भएकै हो केहि दिन को लागि लकडाउन खुकुलो गरि जनतासँग जसरि भये पनि कर र ब्याज तिर्न लगाउनु भएकै हो । यति सम्म गर्दापनि जनता चुप लागेर बसेको के त्यहि गल्ति हो ? आफु दुख पिडा झेलेर कर ब्याज तिरेको त्यो गल्ति हो आफु भोकै बसि तपाइले लिनु भएको मोटो तलब को बिरोध नगर्नु त्यो गल्ति हो ? नया संविधान नेपालमा आउदा नया नेपाल र बिकसित नेपाल बनोश भनेर तपाइ नेता हरु ले जिताएको के त्यो गल्ति हो ? यदि होइन भने तपाइहरु जनबिद्रोह को बिउ रोप्दै हुनुहुन्छ आगो सल्किदै छ जुन ठाँउ ठाँउमा हेर्न पाइएको छ । आउने दिन तपाइहरु को लागि कतै सुखद हुने छैन । जनता आत्तिएका छन् । ाछट्पटिएका छन, त्रासमा छन, रुएका छन् । आत्महत्या गर्दै छन यहा सम्म कि भोकै सुत्नु परेको छ बिरामिहरु को लागि उपचार छैन किसान लाइ मल छैन । ब्यपारिहरुको ब्यपार चलेको छैन ब्याज तिर्नु परेको छ । अहिलेको अवस्थामा तपाइ हरुको आलावा देशका सबै जनता लबिपन्न नै भएको अवस्था भए पनि कम्तिमा अति बिपन्नको लागि खै राहत ? के तपाइहरु त्यो मजदुर जस्ले रिक्सा चलाउछन ठेला चलाउछन दैनिक ज्यालादारि गर्छन त्यस्ता जुन दिनमा कमाएको पैसा ले राति आफ्नो र आफ्नो सम्पुर्ण परिवार को छाक टार्थे अहिले कसरि जिवन बिताइरहेका होलान एक पल्ट सोँच्नु भएको छ ?
यदि होइन भने एक पल्ट हाम्रो नेपाल बिधार्थी संघ पर्साले सुचारु गरेको को खाना बितरण कार्यक्रममा आउनु र हेर्नु त्यो एक छाकको खाना बाड्दा जस्लाइ पुग्दैन यदि तपाइ मानव हुनु हुन्छ भने तपाइको आँखा बाट आँशु बग्नेछ यो एउटा मात्र उदाहारण हो । त्यसकारण अहिले जनतामा आक्रोश बढदै गैरहेको छ र आउने दिन पकै कसैको लागि हितकर हुनेछैन । अहिलेको समय खालि हेरेर लखेटेर थुनेर रख्ने हैन गरेर देखाउने हो र बिकल्प खोज्ने हो । तपाईं साहेब ज्यु हरु को हातमा छ कोसिस गर्नु सम्भव पनि छ । जनतालाइ अहिलेको समयमा दुइ छाक खाना खाना को आवश्यकता छ बिरामि लाइ उपचार को आवश्यकता छ र त्यो पनि गर्न न सक्नु तपाइहरु को असमक्षमतालाइ दर्साउछ ।
अहिले सबै तह असक्षम भएको बेला हामि स्वयम् सबैले सतर्कता अपनाएर यो संकटको घडिमा एक अर्काको सहयोग गरेर अगाडि बढे अवश्य यो कोरोना माहामारि बाट जित हाम्रो हुनेछ ।
लेखक नेविसंघका नेता हुन् ।