कोरोना कहर, उच्च जोखिममा काठमाण्डौं शहर

कोरोना कहर, उच्च जोखिममा काठमाण्डौं शहर

  • शनिबार, भदौ २०, २०७७
  • - नबराज तिमिल्सिना

  • 17.1K
    SHARES

बिस्व भरि फैलिदै गएको कोरोना भाइरसको कारण ले , हालसम्म ८ लाख ७० हजार भन्दा बेसि मानिसहरुको ज्यान लिइ सकेको छ भने करिब २ करोड ५० लाख को हारहारिमा मानिस हरु यसको सक्रमणमा डुबुल्की मार्दै तैरिदै छ्न । केहि समय अघि सम्म नेपाल मा नगन्य र सुन्य को अबस्थामा रहेको कोरोना भाइरस आज सम्म आइपुग्दा झन्डै भयाभय को अबस्थामा पुगिसकेको छ । जति बेला सुन्यको अबस्थामा कोरोना भाइरस लखराइ रहेको थियो । त्यति बेला मुलुक लकडाउनको अबस्थामा थियो र कोरोना जुन स्थान बाट अगाडि बड्न सकेन । जब लकडाउन खुल्यो तब , कोरोना ले बिस्तारै बिस्तारै खुट्टा तन्काउन थाल्यो र अहिले सम्म आइपुग्दा झन्डै २६० जनाले ज्यान लिइसकेको छ भने करिब ४३ हजार सक्रमण मा जेलिए । बिस्तारै बिस्तारै देशका अस्पताल हरु भरि भराउ भैसके । अब यसरि नै बढ्दै गयो भने अस्पताल पनि नपाउने , भेन्टिलेटर को त कुरै छोडाै ओषधि समेत नपाएर छ्ट्पटाउनु पर्ने अबस्था आइसकेको छ । आखिर यस्को दोशि को हो त ? तपाइ हामि सबै लाइ थाहा छ। यसकाे प्रमुख जिम्मेवारि हामि आफै हाे ।  हाम्रै कारण ले , हाम्रै हेलचेक्य्राइँ ले गर्दा आज भयाबह बनिरहेको छ । सुरुका दिनमा सरकार ले लकडाउन गर्दा हामि त्रासमा थियाैँ ।  साच्चै अब कोरोना अब कोरोना आइहाल्ने पो हो कि ? मलाइ नै छुने होकि भनेर हामि सबै जना सतर्क भैरहेकाे थियाे र कोरोनो ले हामिलाइ छुन सकेन तर आज जब लकडाउन खुल्यो हाम्रो मन मस्तिष्क फरक भयो । कोरोना भनेको केहि पनि होइन रहेछ , आउछ जान्छ , अनि लक्षण पनि नदेखिने , निको हुने , यस्तो डराएर पनि हुन्छ भनेर हामि जताततै हिड्न थाल्याै । घुम्न थाल्याै ।  रेस्टुरेन्ट बार , पार्क तिर जम्न  थाल्याै ।  बिदेशबाट नेपालीहरु धमाधम आउन थाले , | माक्स प्रयोग नगरि हेलचक्य्राइँ  भयाे । त्यसकै प्रतिफल आज भोगि रहेकाे अवस्था छ ।  अहिले सम्म त धेरै भोगेका छैनाै ।  भोग्ने दिन त आउदै छ । अझै पनि हेलचक्य्राइँ गर्दै गयाैं| भने तपाइ हाम्रो जिवन रहला कि नरहला भन्ने बिशय खडा भएको छ । यसको उदारहण आज ललित्पुर मा पनि देखियो ।  सयाैं युवाहरु बिना माक्स रथ तान्न भनेर पुल्चोक आए । झड्प भयो बाटोमा मोटरसाइकल कुदाइरहेका ट्राफिक लाइ कुटेर झन्डै ज्यान लिइयाे । कहा गयो मानबता , कहा गयो निशेधआज्ञा ? धर्म सस्कृति मान्नु पर्छ तर समय अनुकुल हेरेर । धर्म सस्कृति बचाउनु पनि पर्छ यसलाइ सरकार का सम्बन्धित पक्ष हरु बसेर यस्तो अबस्था मा कसरि रथ तान्ने , कसरि ब्यबस्थापन गर्ने भन्ने बिशय बेलैमा सोच्च्नु पर्छ कि पर्दैन ? यस्तै यस्तै घट्ना ले कोरोना पनि बढि रहने सरकारको योजना पनि नदेखिने यस्तो बिशयलाइ सरकार्ले कसरि हेरिरहेको होला ? सरकारले सोचे अनुसारको ब्यबस्थापन गर्न सकेको छैन । नागर्जुन नगरपालिकाको १५० जना मानिसहरुको बिना परिक्षण ल्याब रिपोट आएको घटना कति हेलचक्य्राइँ हो ? कति जोखिम हो यो ? यस्ता थुप्रै घटना हरु छ्न , हो हामि सबैलाइ थाहा छ तर पनि सरकार लाइ मात्रै दोस दिएर हामि उम्कने वाला छैनाैं| ! टेस्टको दायरा बढाउनु पर्छ ,अस्पतालक बेडहरु बढाउनु पर्छ , भेन्टिलेटरको ब्यबस्थापन गर्नु पर्छ , सामाजिक दुरि र माक्सको अनिबार्यतालाइ कडाइ गर्नु पर्छ | कोरोना आफैमा एउटा भाइरस हो । जसकाे प्रकोप आज बिस्वब्यापि बनिरहेको छ | यो अबस्थामा बिस्वका धनिमानि सक्तिशालि सम्पन्न र नया नया आबिस्कार गर्ने रास्ट्रहरुको होडबाजी चलिरहेको छ को पहिला र कसले पहिला कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्ने भनेर । यसै बिचमा रुस अमेरीका चिन लगायत देश हरुले भ्याक्सिन बनाइ परिक्षण गरिसकिएको दाबि गरिरहेका छ्न  र भनिरहेका छ्न मानवमा समेत परिक्षण गरिसकियो सफल भयो भनेर । यदि यो समाचार सहि हो भने हामिलाइ , मानवहरुलाइ आशा जागेको छ ।

कसैलाइ रास्ट्र र जनता प्रतिको जन चासो , जन सरोकार , जन स्वास्थ जस्ता बिशय हरु लाइ जोड्दार रुपमा उठाउने फुर्सदनै कहा छ र ? माक्स लाउ , मरे मर , बाचे बाच , सके खाउ , नसके नखाउ , सके उधोग चलाउ नसके बन्द गर , सके ब्यबसाय सन्चालन गर नसके बन्द गर , यहि र यस्तै हो सरकार को उत्तरदायित्व ?

सायद अब बाचिएला , कि ? भनेर तर नेपाल सम्म आइपुग्ने र नेपालि सर्ब साधारण जनताहरुले भ्याक्सिन लगाउन पाउने चै कहिले हुन । हो यस्तो बेलामा हो सरकारको उपस्थिति चाहिने , कति छिटो सम्बन्धित स्थगन बाट भ्याक्सिन आयत गर्ने , छिटो भन्दा छिटो नेपालि जनताहरु लाइ कसरि सुरक्षित बनाउने ।  यो बिषय प्रमुख हो केबल मन्त्री ले नेपालि जनताको स्वास्थ को जिम्मा नेपाल सरकार ले जिन्छ भनेर भाषण गर्दैमा केहि हुने वाला छैन । खोइ भिजन , खोइ कार्यदिशा , अनि खोइ जनता प्रतिको उत्तरदायित्व , अनि खोइ जनता प्रतिको चासो ? अहिले सरकार केबल कर उठाउन मै ब्यस्त जस्तो देखिन्छ । कता अल्मलियो सरकार , र देशका पार्टिहरु ? काग्रेस पार्टि पार्टिमै बिग्रह भएर बसेको छ । अहिले सरकार मा को छ भन्ने नि थाहा छैन होला ? सबै ध्यान आगामि महाधिवेशन को लागि गैसकेको छ , गुट र उपगुट को भेलामै ब्यस्त छ ।  उता अर्को सरकार चलाएको पार्टि जुगाको लडाइमै रुमलि रहेको छ । अन्य दलहरु को हालत पनि पद ब्यबस्थापन मै समय गुजारि रहेका छ्न । कसैलाइ रास्ट्र र जनता प्रतिको जन चासो , जन सरोकार , जन स्वास्थ जस्ता बिशय हरु लाइ जोड्दार रुपमा उठाउने फुर्सदनै कहा छ र ? माक्स लाउ , मरे मर , बाचे बाच , सके खाउ , नसके नखाउ , सके उधोग चलाउ नसके बन्द गर , सके ब्यबसाय सन्चालन गर नसके बन्द गर , यहि र यस्तै हो सरकार को उत्तरदायित्व ? आज शिक्षा क्षत्र अस्त ब्यस्त छ | पर्यटन होट्ल झन भयाबह छ । सबै क्षत्र उस्तै लथालिङ्ग छ तर सरकार ले कम्तिया पनि आस्वसन दिन त सक्छ सक्छ ? त्यो पनि छैन । हामि सबैलाइ थाहा छ , सरकार को एकल प्रयास ले मात्रै हुदैन , हाम्रो पनि साथ सहयोग चाहिन्छ नै तर मार्ग दर्शन को रुपमा , कार्य दिशा, कार्य योजना , तर्जुमा , गर्न र त्यस्लाइ कार्यन्वयन गराउने जिम्मा त सरकार कै हो नि ? यति सम्म त बिचार गर्नु पर्छ सरकार ले । नेपाल का प्रमुख २ वटा पार्टिहरु अहिले आफ्नै पार्टिको अन्तर कलह , अन्तर द्द्न्द र जुगाको लडाइले ध्वस्त भैसकेका छ्न् । मानाै बिकल्प हुदो हो त दुबै पार्टिहरु लाइ एक पट्क नराम्ररि , चेतना आउने गरि जनताले देखाइ दिन्थे होलान ? तर के गर्नु बिकल्पको रुपमा तेस्रो पार्टि , भरपर्दो देखिन सकेको छैन । र जनताबाट अनुमोदित भैसकेको छैन । सिमित क्षत्र मा नै रुमलिएको छ । बिस्वका सक्ति सम्पन्न मुलुकहरु पनि यति बेला तहस नहस भएका छ्न , आर्थिक अबस्थामा  बेरोजगारी ले चरम चुलि नाघि सकेको छ । हाम्रो नेपाल पनि , बिदेश मा रहेका र अझ बिशेस गरि भारत बाट लाखाैं लाख नेपाली हरु स्वदेस फर्किएका छ्न । मरे पनि आफ्नै भुमिमा मर्ने , भनेर । तर आएको 2/४ महिना मै अलि अलि कमाएर ल्याएको रकम त सकियो छटपटी सुरु भो रोगले भन्दा नि भोक ले सतायो , न रोजगारी छ के बस्नु बरु मरिएछ भमे मरिएला भनेर पुन युवाहरु भारत फर्कने क्रम द्रुत गतिमा बढिरहेको छ । सरकार भन्छ , बिदेश मा गएका युवाहरुलाइ आभान गर्छ , स्वदेश मै फर्क हामि यहि रोजगारी को अबसर प्रदान गर्छौ  भनेर तर खोइ रोजगारी ? , के ले रोजगारी सृजना गर्ने , के ले उद्दोग खोल्ने , छ केहि जबाफ सरकार सङ ? भएका उधोग हरु लाइ त ब्यबस्थापन गर्न सकेको छैन , सहयोग प्रदान गर्न सकेको छैन अनि नया उग्धोग , कल  कारखाना  , ब्यबसाय कहा बाट स्थापना गर्ने हो ? भरत मोहन अर्थमन्त्री हुदा नेपालमै रासयनिक मल उत्पादन उधोग स्थापना गर्ने भनेर पुर्ब तयारि का लागि बजेट समेत बिनियोजन गरिएको थियो । त्यसपछिका अर्थ मन्त्री हरुले पनि यो कार्य लाइ निरन्तरता दिदै आए तर खोइ त त्यो उधोग काहा पुग्यो ? कता लुक्यो , त्यहा बिनियोजन गरेको बजेट कस्ले कस्ले बाडेर खाए ? छ केहि लेखा जोख ? आज ५ किलो मल लिन राति १२ बजे देखि लाइन मा बसेर कुर्दा पनि किसान ले पाएका छैनन । यस्को दोशि को ? यो कतो देश हो ? आज हामि भाषण गछाै ?  अनि हामि भन्छाै| नेपाल कृषि प्रधान प्रधान देश हो ? अलिकति पनि लाज छैन ? अलिकति पनि सरम छैन ? अलिकति पनि जनता प्रति उत्तरदायित्व छैन ? माननिय कृशि तथा पशुपन्छि बिकाश मन्त्री ज्यु यदि तपाइसगँ हिम्मत छ भने मल समयमै आयत गर्छु भनेर सम्झैता गर्ने कम्पनि लाइ जनताका सामु नङ्याउनुस , कार्बाहि गर्नुस यदि होइन भने तपाइको कार्य कुशलता प्रति जनताले के आशा गर्ने ? नेपाल मै रासायनिक मल को उधोग स्थापना गर्न मन्त्री परिसदको बैठक मा आवाज घन्काउनुस | जनता हरु धेर थोर लगानि गर्न तयार छ्न । जनताको साझेदारिम यस्ता धेरै उधोग हरि स्थापना गर्न सकिन्छ  ।  बर्षौ देखि यो मल को हाहाकार कसरि टुलुटुलु हेरिरहेको छ ? छ केहि जबाफ सरकर सङ ? नेपाल सरकर लाइ आग्रह छ १ बर्श भित्र सान्सद ले लिने भता र रास्ट्र मा नया गाडि खरिद गर्ने बजेट मात्रै पनि लगानि गर्ने हो भने रासायनिक मल उधोग स्थापना गर्न सकिन्छ । कम्तिमा पनि १ बर्श मा एउटा उधोग स्थापना गर्ने योजना बनाउनुस प्रधानमन्त्री ज्यु । नेपाली जनताले जिम्मा नेपाल सरकार ले लिन्छ भन्दै भाशण गर्दैमा देशमा रोजगारी को शृजना हुदैन । रोजगारी शृजना गर्न त स्वदेश मै उधोग धन्धाहरु स्थापना गर्न अनिबार्य छ । कति रेमिटेन्स ले रास्ट्र धान्ने हो ? यसकारण पनि पहिलो प्रथमिकता राखि मल्खाद को उधोग तुरुन्तै स्थापना गरि आउने बर्श मा स्वदेश कै मल्खाद प्रयोग गर्ने गरि कार्य योजना बनाउन प्रधानमन्त्री लाइ अनुरोध छ । यसै गरि आज लाखै| मेट्रीक टन चामल खरिद गरिएको छ तर त्यो चामल पनि गुणस्तर हिन भएको प्रमाणित भैसकेको छ । के यो देश कानुन नै नभएको देश हो ? के यो देश सुसासन नभएको देश हो ? यहा जे गरे पनि हुन्छ ? जे गरे पनि छुट नै हुने हो त ? गायक पसुपति शर्माले गित गाए जस्तो लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपाल मै छ छुट भन्ने गित नै प्रमाणित भएको हो त ? होइन भने ठेक्का पट्टा लिने गुणस्तर हिन काम गर्ने , समयमै काम सम्पन्न नगर्ने , बजेट आउने बिचैमा हराउने र तल देखि माथि सम्म जता ततै चुहावट नै चुहावट हुने किन ? के यसलाइ रोक्न यो सरकार असफल भएकै हो त ? कि भागबन्डा मै रुमलिएको हो ? आजका जनताहरु सचेत छ्न , अब हिजोका जस्तो अबस्था छैन | त्यसैले बेलैमा बुद्दि फिरोस । देश कोरोनाको कहर ले अक्रान्त बनेको छ । खान लाउन नै धेरै  धाै धाै को अबस्थामा आज धैरै क्षत्र पुगि सकेको छ । सम्पन्न केहि प्रतिसत लाइ हेरेर मात्रै हुदैन । कर्मचारि हरुको तलब आउछ , गए पनि नगएपनि तर बिहान बेलुका दुख गरेर खाने बर्ग का लगि , उधोग धन्दा , ब्यबसाय सन्चालन गरेका का लागि के हालत छ ? भन्ने बिशय मा मन्त्री परिसद को बैठक मा किन उठ्दैन ? प्रत्येक जनप्रतिनिधि हरुको भता यति बेला किन काटिन्न ? त्यो काटिएको भता सडक मा अहोरात्र खटिने सुरक्षा कर्मि , उपचार मा खटिने स्वस्थ्य कर्मि , सन्चार कर्मि हरुका लागि किन ब्यबस्थापन गर्न सकिन्न ? खोइ योजना , भाशण ले मात्रै बिकाश हुन्न सरकार , अब काम देखाउने बेला जानै लागिसकेको छ , अब सरकार् को असलि अनुहार जनताले हेर्न चाहेका छ्न । कोरोना को कहर मा सरकार को मुल्याङ्कन गरिरहेका छ्न । समय छ नेपाल का मुख्य शहर हरुलाइ ब्यबस्थित गराैं । अस्पताल बनाउने होइन भएकै अस्पताल हरुलाइ बयबस्थित बनाउ र यो भयाबह अबस्थालाइ परास्त गराैं । आज धेरै जनता हरु बिरामि भएर अस्पताल ले पनि भर्ना गर्न नमाने पछि ज्यान गुमान पुगेका छ्न यसलाइ तुरुन्तै ब्यबस्थापन गरियोस ।  जनताको साथ लिदै आफ्ना कार्य योजना हरुको निर्माण गराैँ । बिगत लाइ समिक्षा गर्दै बर्तमान को जगमा टेकेर , भबिस्य लाइ सुनैलो बनाउ ।  इतिहास का पानाहरु सुनैलो अक्षर ले लेख्ने प्रयत्न प्रयत्न गराैँ । बेला छ समय छ , जनता साथ दिन तयार छ्न । जनताले १६५ दिन कोरोनाको कहर मा साथ दिइ सके तर सरकार अझै बाटो पहिल्याउन सकेको छैन र कार्य योजना हरु कै बाटो बनाउन ब्यस्त छ । यसैले आज चिन्ता झन थपिएको छ कोरोना को कहर उच्च जोखिम बन्दै काठमाडौं शहर । धन्यवाद

लेखक: नबराज तिमिल्सिना-, नेपाल स्वास्थ्य उद्यमी संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी