सन् २०१९ को डिसेम्बरमा चिनको वुहान सहर स्थित पशुपंछि व्यापार हुने ठाँउबाट पहिलो पटक मानिसमा देखा परेको उक्त भाईरसको बैज्ञानिक नाम सार्स –कोभिड–२ ) हो । उक्त भाईरस बाट संक्रमित हुने रोगलाई कोभिड–१९ भनिन्छ । बिश्व मानव समाजको ईतिहास र कालखण्ड लाई अध्ययन गर्ने हो भने मानव समाजको सुरुवात र त्यसपछिका विभिन्न कालखण्डमा यस्ता थुप्रै अनेकण समस्या र माहामारिहरु पार गर्दै, विभिन्न समस्या हरु झेल्दै र समस्या हरु संघ जुद्धै र समस्या समाधान,खोज,अनुसन्धान,र बिकल्प संगै बैज्ञानिक मार्ग द्वारा हल गर्दै अहिलेको २१औ शताव्दीमा पनि पुनः विश्व फेरि अर्को समस्या र माहामारिबाट जुद्धै छ । यो कुनै ब्यत्तिगत समस्या पनि होईन नत कुनै निश्चित देश र समाज को यो त केबल सत्य हो र समस्या शबको हो । जसरि बिज्ञान र प्रबिधिले यो समस्या लाई हल गर्ने प्रयास निरन्तर लागिपर्दैछ , ठिक बिपरित मानब समाज बिज्ञान र प्रबिधि प्रयोग को उच्च महत्वकांक्षा को कारणले प्राकृतिक कुराहरुको दोहन गर्दा अनेकण प्राकृतिक दैबि प्रकोप का साथै कोभिड–१९ जस्ता माहामारि बाट लड्न र जुध्न हामी बाध्य छौं । यसै प्रसंग सगै जोर्दै गर्दा बिश्व मानव समाज अहिले विभिन्न शक्ति राष्ट्र हरुको राजनैतिक दाउ पेच र शक्ति को होड बाजि को कारणले बैज्ञानिक शक्ति केन्द्र हरुले प्रयोगमा लाईएको तेस्रो विश्व युद्धका साथै मेन्टल वारको रुपमा पनि व्याख्या गरिदै आईएको छ । जहाँ जसरि आरोप प्रत्यारोप ज जस्ले जस्लाई लगाएता पनि वास्तविक सत्य र तथ्य समय ले बताउला, बिश्व माहामारि बाट कोहि पनि अलग वा अछुतो रहन सक्ने स्थिति छैन साथै कुनै निश्चित बर्ग,धर्म ,वा समुदाय र समाज लाई मात्र प्रभाब पारेको कुरा मात्र नि होईन,जसरि भाईरस को सुरुवात भयो वा देखा पर्यो यो आफैमा गम्भीर बिषय हो ? यो गम्भीरता लाई केन्द्र मा राखेर बिश्व शक्ति राष्ट्र हरुले यस्को निराकरण र समाधन को बाटो के हुन सक्छ र यस् भाईरस को एण्टि भाईरस र भ्याक्सिन कसरी निर्माण गरि मानव समाजको कल्यान र उथान गर्न सकिन्छ भन्ने हेतुले विभिन्न राष्ट्रमा आ आफ्नै खाले परीक्षण सफल भई डब्लुएचओद्धारा द्वारा मान्यता प्राप्त गरि भ्याक्सिन निर्माण को खबरले विश्व मानव समाज अहिले हर्षित बनिरहेको अबस्था का बाबजुत पनि अझैपनि केहि समय यो माहामारिले सताउने निश्चित जस्तै देखिदैछ । साथै यो माहामारि पछि को बिश्व अर्थतन्त्र को अबस्था र भबिष्य को यात्रा कस्तो रहने र यस्ले मानव समाजको भबिष्यलाई कस्तो असर पार्ने साथै विश्व उत्थानका लागि लागि आर्थिक दृस्ठिकोण ले अर्थनियन्त्रक हरुले अबको भुमिका र आर्थिक हिसाबले बिश्व लाई अबको यात्रा मा कसरी मानबिय नाताले स्थापित गराउने भन्ने कुरा आफैमा जटिल प्रश्न र चुनौति खडा भएको छ । साथै नेपाल जस्ता थुप्रै स ससाना देशहरु र उक्त देशका जनताहरुको स्वास्थ्य उत्थान र जनताका दैनिकि समस्या र भबिस्यमा आउने आर्थिक चुनौतिलाई र कम्जोर राष्ट्र हरुको स्वाधिनता र सार्बभौमसत्ता जस्ता कुराहरुलाई कसरी जगेर्णा गर्ने भन्ने तर्फ पनि सोच्न आवस्यक छ ।
मानवीय आवस्यकता पुर्ति गर्ने स्वार्थ र प्राकृतिक कुराहरुको अमानबिय ढंगबाट प्रयोग गर्दै बिज्ञान र प्रबिधिलाई प्राथामिक्ता मा राख्दै दैवीय शक्ति र प्राकृतिक शक्तिलाई बेवास्था गरि अमानबयिय ढंगबाट बिश्व मानव समाज अगाडि बढ्दै गर्दाको परिणाम आज बिश्व माहामारि जस्तै थुप्रै अनेकन समस्या हरुको सामना गर्दै छ । तसर्थ यी सबै कुराहरुलाई ख्याल गर्दै हामी र हाम्रो देश लाई अगाडि बढाउनु पर्ने र अगाडिको भबिष्य यात्रा तय गर्नु पर्ने दिखिन्छ१ यस्मा हामी जनताको राष्ट्रिय एकता र आत्मसाहसका का साथ विभिन्न देशि बिदेशी राजनैतिक षड्यन्त्र रोक्नुपर्ने चुनैतिका बाबजुत पनि जसरि बर्तमान सरकार को अक्षमता, दुरदर्शिता,अब्याबहारिकता, भोग्नु परिराखेको छ । यो आफैमा हाम्रा लागि समस्या माथिको दुखद क्षण हो । जसरि माहामारि को संकेत पाउदै गर्दा सरकारले कुनै दुर्गामि योजना बिनानै २०७६–१२–१० मा देशलाई पुर्ण रुपमा लकडाउन घोषणा गरे संगै जनताहरु ले सरकार प्रतिको सदिक्क्षा र एकता का साथ स्वागत गरियो, कारण माहामारि शबै को हित बिपरित थियो र त्तकालिन विश्व संग अरुकुनै बिकल्प थिएन जसरि देश र जन शेवामा नेपालि शेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारि, विभिन्न संघ संथाका प्रतिनिधि र अन्य ईमानदार,कर्मठ निष्ठावान, देशभक्त हरुलाई हामी जनता र नेपाल आमाले सदैब सम्मान, सलाम र कदर गर्नै पर्छ ताकि आफ्नो ज्यानको बाझि राखि अहोरात्र देशहित र जनहित मा खट्नु भयो र खट्दै हुनुहुन्छ१ तर यस्को ठिक बिपरित हाम्रा देशमा कार्यकारीणी नेताहरु देश र जनताले माहामारि बाट अनेकन समस्या झेल्दै गर्दा राजनैतिक दाउपेच र राजनैतिक स्वार्थ भन्दा माथि उठ्न सक्नु भएन समय सान्दर्भिक बिषय बस्तुको प्रबेसमा केन्द्रित नभई देश र जनहित बिपरितमा जाने जुन कार्यहरु गर्नु भयो सायद उहाँहरु लाई इतिहासले कहिलै क्षमा नगर्ला । देश र जनता एकातिर माहामारि को समस्या बाट ग्रशीत अबस्था बाट गुज्रिरहँदा सरकार को अमानबिय शैली र नेताहरु भ्रष्टाचार केन्द्रीत हुनु आफैमा एउटा हास्यास्पद कुरा हो ।
देशमा आर्थिक हिसाबले सम्पूर्ण क्षेत्रलाई लक डाउनले असर पारिरहेको अबस्थामा जनताहरुको आर्थिक स्थितिको राज्य र सरकारले सम्बोधन नगरि उल्टै ३ महिना पछि को लक डाउन खुलाइ कोभिड–१० को बेवास्ता गर्दै कुनै मापदण्ड नतोकि जनतालाई सचेत गराउनुको साटो अमानबिय ढंगले माहामारि बाट ग्रसित हामी जनतालाई करको दाएरामा ल्याउन को लागि बेशार पानी खाँऊ र जे जस्तो परिस्थिति भएपनि राज्यलाई कर तिरौं, भन्ने सोच को परिणाम आज देश र हामी जनताले दोस्रो चरण को समस्या भोक्दैछौं१ खैर जे जस्ता चर्चा परिचर्चा गरिएता पनि बिश्व मा अहिले सम्म करोडौं को संख्यामा संक्रमीत दिनप्रतिदिन बढ्दै छन साथै कोराना बाट निको भैई ठिक हुनेको संख्या पनि सन्तोष जनक छ र थप मृत्यु हुनेको संख्या पनि घट्दैछ, यो आफैमा एउटा सन्तोषजनक पक्ष हो । सम्पूर्ण बिश्व माहामारि बाट मृत्युु हुन गई क्षति भोगिरहनु भएका परिवारजन र मृतकहरु को चिर स्मरण शहित सम्पूर्ण मा हामी र प्राकृतिक शक्ति पुञ्ज द्वारा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जन प्रती गहिरो सम्बेदना प्रकट गर्दछौं । साथै अझै केही समय जसो माहामारि नियन्त्रण मा हामी सबै सचेत र सुरक्षित भई, सरकारको ध्यान समस्या बाट ग्रशीत जनताको घर दैलो सम्म पुगोस राहात का नाममा जथाभावी भ्रष्टाचार नहोस र जनताका दैनिक समस्या र ब्यबसाहिहरु का समस्या हरुलाई सरकारले थप आर्थिक प्याकेज कै रुपमा सम्बोधन गरियोस् । कोरोना पछिको यात्रामा देश र हामी जनताको आर्थिक सम्बृद्भि को बाटो कोरियोस, हैन भने कोरणा को नाममा देश र जनतालाई सधैं बन्दी बनाएर जनताको खुन र पसिना र बिदेशीन बाध्य ती लाखौं युबाहरु को रेमिटान्स र कर लाई मात्र स्वार्थमा राखेर अगाडि बढ्न खोजे साथै बिदेशि शक्ति केन्द्र को इशारामा कुनैपनि गम्भीर प्रकारका निर्णय हरु गर्न खोजे देश र हामी जनता बिद्रोह मा गै बैकल्पिक राजनैतिक शक्ति सहित को अर्को प्रणालि स्विकार्दै राष्ट्रिय सहमति को नागरिक सरकार को माग गर्न हामी जनता बाध्य हुनेछौं ।