सोचेका छौ कहिले
जब तिमी सानो थियौ
तिमीले बुवाको एउटा गालामा
चट्कन लगाउदा
बुवाले अर्को गाला थापि दिन्थे
तिमी बुवाको गर्धन चड्दा
बुवा घोडा बनेर दौडि दिनथे
तिमीले बुवालाई गाली दिदा
मुसुक्क हासेर सुनि रहन्थे
तिमिले बोलेका हरेक
तिता मिठा र फोहरि शब्दहरु
हर पल मुटुभरि सजाएर राख्थे
मायाले भिजाएर साच्थे
तिम्रो पेट भर्न
आफु दिन भर भोको बसि दिन्थे
तिमीलाई निद्रा ल्याउन
आफु रातभर अनिदो भई दिन्थे
तिमि अलिकति रुदा
उनको छातीमा चसक्क चस्कथ्यो
तिमिलाई हाच्छिउ आउदा
तुरुन्तै अस्पतालमा दोडिन्थे
तिमीलाई राम्रो शिक्षा दिन
महंगो कलेज खोज्दै भौतारिन्थे
आफुलाई लोभी भने पनि
तिम्रै लागी पैसाको बचत गर्थे
आफ्ना आकांक्षाहरुलाई बन्धक बनाएर
तिम्रो स्वतन्त्रताको रक्षा गर्थे
तिम्रो सुन्दर भबिस्यको लागी
आफ्नो सबै सुख सुबिधा त्याग गरि दिन्थे
तिमी अहिले ठुलो भयौ होला
आफ्नो गोरेटे आफै कोर्यो होला
आफ्नो भबिष्य आफै रोज्यौ होला
तर पनि बुवाको मन मस्तिष्कमा
हर पल तिम्रै अनुहार झल्किरहन्छ
तिम्रो सदा उन्नती र प्रगती
उनको हरेक दिन जप्ने मन्त्र हुन्छ
तिम्रो सदा सुख र सबृद्धि चाहना
उनको दैनिक मन्दिरमा गर्ने प्रार्थना हुन्छ
तिम्रो सुस्वास्थ र दिर्घ आयुको कामना
उनको मुटुको धड्कनको आवाज हुन्छ !!
हालस: ह्युस्टन टेक्सास