पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गर्ने शिक्षा मन्त्री पोखरेलको दाबी

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गर्ने शिक्षा मन्त्री पोखरेलको दाबी

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

भदौ १७ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उहाँले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताउनुभयो ।

“मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनुभएको छ”, मन्त्री पोखरेलले भन्नुभयो, “त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।”

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षाबारे अविलम्ब निर्णय गर्न आग्रह गर्नुभयो ।

विद्यार्थी नेताले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अवरुद्घ परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी