काँकडभिट्टा ,१७ भदौ ।
झापाको एक जंगलमा युवकको शव भेटिएको छ । उनको शव शिवशताक्षी नगरपालिकास्थित रतुवामाई जंगलमा घाँटी काटिएको अवस्थामा भेटिएको हो ।
बुधबार वडा नं ११ बस्ने गोविन मगरको शव फेला परेको प्रहरीले जनाएको छ । २९ वर्षीय मगर मंगलबार साँझदेखि बेपत्ता थिए । उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट करिब सय मिटर पर मगरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline