“बस्ती बस्तिबाट उठौं ,नेता बनाउन होइन देश बनाउन जुटौं”

“बस्ती बस्तिबाट उठौं ,नेता बनाउन होइन देश बनाउन जुटौं”

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

अहिलेको विश्व परिवेशमा नेपालको ऐतिहासिक र प्राकृतिक महत्वको पक्षबाट हेर्ने हो भने नेपाल सर्वास्रेष्ठ देश हुनु पर्ने हो तर नेपालको अवस्था विश्वमा भएका जति पनि मुलुकहरु छन् तिनको भन्दा नाजुक र गरिबीले आहत बनेको छ, देशमा राजनीतिक थीति छैन, समाजमा नैतिकता छैन, शिक्षामा गुणस्तर छैन, नेतामा क्षमता छैन, सडक , बत्ति , पानी , बिजुली, संचार , रोजगार, कृषि, खाद्य, स्वास्थ्य जुन क्षेत्र हेरे पनि कहालीलाग्दो अवस्था के कारणले छ होलारु हिजोका राजनीति गर्ने हरुले अफ्फ्नो राजनीति सुरक्षित गर्नको लागि नयाँ आउने पुस्तालाई निषेध गर्न राजनीति भनेको बिग्रिने बाटो हो भनियो, राजनीति गंर्नेलाई परिवारमा र समाजमा अपहेलना गर्ने गरियो फलस्वरूप राजनीतिमा अब्बल र क्षमतावान व्यक्तिहरु आउन चाहेनन् र यो क्षेत्रमा आइपुग्ने भनेको समाजमा अरु सबै बाटो बन्द भएर बेकाम बसेका अनुत्पादक जनशक्ति नै राजनीतिकर्मी बनेर देशको नेतृत्व गरिरहेका छन्। एउटा देश सफल हुन राजनीति पनि संवेदनशील प्राविधिक बिषय हो जस्तो कि एउटा जहाजले उडान भर्नको लागि प्रविधिक रुपमा सक्षम पाइलटको नेतृत्व आवश्यक हुन्छ त्यसरी नै देश कुशलत पुर्वक चल्न को लागि प्राविधिक रुपमा सक्षम नेतृत्व आवश्यक पर्छ। जेल बसेको राजनैतिक अनुभब पेश गरेर सत्तामा पुग्ने मानिसको मानसिकता जहिले पनि बदलाको मनोदशा बाट गुज्रिएको हुन्छ जसले राजनीतिका निकास निस्किन्दैन।
अहिलेका युवामा राजनीतिको बुझाई र जवाफदेहिता नभएर नै राजनीतिले सहि दिशा लिन नसकेको हो। अहिलेका सत्ता संचालकहरु युवालाइ कुनै पनि बहानामा विदेश जान प्रेरित गरेर सात्ता सँधै आफ्नो हातमा लिन चाहन्छन र युवाले पनि आफ्नो हैसियतले भ्याउने देश खोजेर गईदिने र रेमिटान्स पठाएर नेताको स्वार्थ पुरा गरिरहेका छन् । अहिले पनि अब्बल किसिमका सक्षम विद्यार्थीहरु राजनीतिलाई तुच्छ र अप्राविधिक विषयको रुपमा लिने र डाक्टर इन्जिनीर पाइलट जस्तै तुरुन्त जागिर मिल्न सहयोगी हुने बिषय अध्ययनमा रुचि देखाउने हुन्छन तर राजनीतिको हालत खराब छ यसलाई सुधार्नु पर्छ भनेर राजनीतिशास्त्र अध्ययन गर्ने युवा प्राय सुन्य छन् । कोहि राजनीतिशास्त्र अध्ययन गर्छन भने पनि अन्य सबै विकल्प सकिएका र आफ्नो पढेको डिग्री देखाउन मात्र राजनीतिशास्त्रका विद्यार्थी बनेका छन् । राजनीति शास्त्रमा अध्ययन, खोज र अनुसन्धान गर्ने व्विश्वविध्यालय र क्याम्पस हरु पनि अत्यन्तै खराब हालतमा गुज्रिएका छन् । प्राध्यापकहरु पनि निर्वाहमुखी अध्यापन गराई रहेकाछन।
अबको देश निर्माणको काम पनि युवाको जिमेदारी भएकोले युवाहरुले अब सोच्ने बेला भएको छ । हाम्रो देशले समृद्धिको खोजीमा धेरै पटक शासन पद्दति फेरी सकेकोछ र अहिले पनि केहि शक्तिहरु शासन प्रणालीलाई दोषी ठान्दै भूमिगत युद्ध गरिरहेका छन। हामीले नेतृत्वको संरचना बलियो बनाउन सकेनौं भने जस्तो सुकै वा जुनसुकै शासकीय प्रणाली आए पनि कुनै फरक पर्ने छैन। हामीले शासकीय पद्दति को नाम फेरेर केहि हुँदै जब सम्म आधारभूत रुपमै शासन गर्ने प्रणाली र देशको प्रशासकीय ब्यबसथामा सुधार हुन्दैन शासकीय प्रणालीको नाम फेरेर केहि हुँदैन । हिजो पंचायत व्यवस्था हुँदा शासन गर्ने व्यक्ति र अहिले गणतन्त्र आएपछि शासन गर्ने व्यक्ति एकै छ भने हामी कसरि कार्यसम्पादन राम्रो खोज्न सक्छौंरु राजतन्त्र होस् कि प्रजातन्त्र होस्, लोकतन्त्र होस् कि गणतन्त्र होस् शासन गर्ने व्यक्ति जहिले पनि उही छन् भने हामीले शासकीय पद्दतिको नाम फेरेर केहि हुन्छरु आफुलाई राजनीतिज्ञ भन्ने एउटा मान्छेले एक पटक होइन दुइपटक होइन ६ पटक सम्म सरकारकको नेतृत्व गर्छ र हरेक पटक उसलाई असक्षम भएको भनेर हटाइएको हुन्छ भने फेरि उही व्यक्ति कसरी सक्षम हुन्छ अनि केहि महिनामा असक्षम हुन्छरु एक पटक असक्षम भएर वा राजनीतिक परिणाम दिन नसकेर हटाइएको मानिस फेरि ल्याउनु भनेको देश धेरै पछि धकेलिनु हो। कसैको नेतृत्वमा सकारात्मक पहलहरु वा देश निर्माणमा कुनै ठोस योजना बनेको भए वा उसको नेतृत्वमा देशले मुहार फेर्ने कुनै काम भएको भए उसलाई फेरी सरकारको नेतृत्व दिनु स्वाभाविक हो तर जसको कार्यकालमा देश नउठ्ने गरि डुबाईएको हुन्छ उसलाई बारम्बार नेतृत्वमा किन ल्याइन्छ रु के युवा असक्षम भएर हो। एउटा सक्षम मानिसको नेतृत्वमा देशले मुहार फेर्न धेरै समय लाग्दैन भने एउटा असक्षम मानिसले भविष्यका पुस्तालाई समेत पछाडि धकेलिने गरि देशलाई अँध्यारोमा पुर्याउँछ । अहिले देशको अवस्था हेर्ने हो भने यो शताब्दीकै पिछडिएको मुलुकको रुपमा नेपाल उभिएको छ ।
देशको अर्थतन्त्र त्यतिकै डामाडोल छ, अर्षिक बजेट भन्दा माथि वैदेशिक ऋणको भारि छ, वैदेशिक ऋण पनि कुनै उत्पादन मुलक उद्योग, स्थाई संरचना विकास आदिमा भएको भए पनि ठिकै हुन्थ्यो,त्यो ऋण पनि देशको प्रशाशनिक खर्च जुटाउन गरिएको छ। न कुनै उत्पादनको नीति छ, न कुनै औद्योगिकरण नीति, न राज्यको भर पर्दो आयको बाटो तय गरिएको छ, न राज्यको अर्थतन्त्रको दिशा नै तय छ , न राज्यको कुनै आर्थिक क्यालेन्डर नै छ । देशको कुटनीतिक सम्बन्ध झनै भद्रगोल छ , छिमेकि संगको व्यापार सम्बन्ध होस् या सिमा सुरक्षाको बिषयमा राज्यको नीति के हो भन्ने मित्र राष्ट्रलाई त परको कुरो हाम्रै कुटनीतिक नियोग हरुलाई थाहा छैन। न कुटनीतिक प्रोटोकल छ न कुनै योजना छ । शैक्षिक र स्वास्थ्य क्षेत्र मा माफियाहरुले कब्जा जमाई कालोबजारी गरिरहेका छन् त्यसमा पनि राज्यको नेतृत्व गर्ने हरुकै लगानीमा । भ्रष्ट्राचारको जालो उतिकै कहाली लाग्दो छ । शिक्षामा भ्रष्ट्राचार, स्वास्थ्यमा भ्रष्ट्राचार,सरकारी युनिफर्म मा भ्रष्ट्राचार, पुलिस सैनिकको राशनमा भ्रष्ट्राचार, महामारीमा भ्रष्ट्राचार , नियुक्तिमा भ्रष्ट्राचार, न्यायमा मा भ्रष्ट्राचार , मालपोत ,अदालत, पुलिस , यातायात देखि प्रशासन देखि श्मसान सम्म र पात्रो देखि कात्रो सम्म, मन्दिर देखि चर्पी सम्म भ्रष्ट्राचार नभएको सायद कुनै क्षेत्र छैन, त्यसमा पनि राज्यको नेतृत्व गर्ने हरुकै सम्धी, साला, साली रखवाली , स्वास्नी, भतिजा भान्जी बुहारी हरुले नै भ्रष्ट्राचार गर्ने, सबै संस्थान नातेदारको अखडा , नीति नियम कानुन संबिधान को क्याबिनेट देखि सडकमा मा समेत धज्जी उडाउने तिनै सम्धी हरु, ठुला ठुला भ्रष्ट्राचारका काण्ड देखि भट्टी पसलमा परेका लफडा समेत मिलाउने मन्त्रीहरु, विश्व विद्यालय हरुको हालत उस्तै छ, स्वास्थ्य संस्था हरुमा निर्देशक कमिशनको मात्रामा भर पर्ने स्थिति छ। अधिकांश युवाहरु देश बाहिर छन कोहि रहरले त कोहि कहरले। राज्यमा शासकहरुले श्रम सम्झौता को नाममा युवा बिक्रि करारनामा बनाउदै विदेश निर्यात गर्दै गर्यो , गलत कामको विरोध वा विद्रोह गर्न सक्ने युवालाई विदेश निर्यात गरेपछि यहाँ सत्ताधारी हरुले जे गर्दा पनि हुने स्थिति छ।
न्याय क्षेत्र इतिहास मै सबभन्दा नाजुक अवस्थामा पुगेको छ, न्यायको सामान्य सिद्धान्तले सम्पादन हुने न्याय पनि मोलतोलका साथ बिक्रि हुनु , पहुँचवालाहरु कानुन भन्दा धेरै माथि हुनु र निर्दोषलाई फसाउने फासिवादी मनोवृति शासकमा बढ्दै गएको अवस्थामा अब पनि हामी युवाले देश नसम्हाले हामीले मात्र होइन हाम्रा पुस्तौं पछिका सन्तति पनि यसरीनै लाचार भएर बाँच्ने छन्। कुनै विदेशी अध्यागमनमा पुगियो भने नेपाली पासपोर्ट देख्दैमा हेप्न शुरु हुन्छ नेपालीलाई, चाहे नेपालमा जस्तो सुकै हैसियतको नागरिक होस्। बिदेशिएका अधिकांश नेपालीले तेश्रो दर्जाको काम गर्नु पर्ने अवस्था छ। आर्थिक अनुदानको नाममा नेपाललाई दुनियाको दास बनाईएको छ।
स्वाभिमान र सार्वभौमिकताको धज्जी उडाईएको छ। छिमेकी देशको सामान्य प्रशासकिय अधिकृत आएर प्रधानमन्त्री र राष्ट्रपतिलाई कुनै प्रोटोकल विना नै भेटेर उल्टो धम्क्याएर जान्छ, अझ त्यसता सामान्य कर्मचारीलाई भेट्न आफैं उच्च ओहदामा आसिनहरू जाने गरेका छन्। देशमा एउटा मधेसीले आफ्नो देशको अपनत्व महशुस गर्न सकेको छैन, दलितहरु कुटिएका छन निर्धाहरु लुटिएका छन, जनजातिले पहिचानको लागि भन्दै लड्नु परेको छ, खस आर्यहरु माथि अपमान भैरहेको छ, जात जातिमा विभेद गरिएको छ, नागरिकलाई राज्यको श्रोत साधनबाट बन्चित गरी ईण्डियन व्यापारीहरुलाई श्रोत र साघनको मालिक बनाईएको छ। कालाबजारी र तस्करहरूको चंगूलमा फसेको छ देश। अब पनि यूवा चुप लागेर बस्ने हो भने कति पूस्ता सम्म विश्वका अपमानित नागरिक भएर बस्ने ?
विभिन्न पार्टीमा आस्था राखेर राजनीति गर्न चाहने युवा हरु, अब ढिलो नगर्नुहोस, तपाईले प्रयोग भईसकेका र असफल भईसकेका व्यक्तिलाई नेता मानेर देशलाई नरकको बाटोमा नलैजानुहोस्, तपाई युवाहरु अगाडि बढ्नोस। भिजन सहितको राजनीतिक थीति बसाउन अर्जुनले पितामह भिष्म माथि बाण बर्षाएका थिए भने हामी हाम्रा मिति गुज्रेका पुराना नेतालाई अवकास दिऊँ र हाम्रो भविश्य हामी आफै कोरौं। हजुरबा हरु शुभचिन्तक हुन सक्छन, अभिभावक हुन सक्छन तर तपाई हाम्रो काम गर्न सक्दैनन। हाम्रो बा ले हाम्रो भलो चाहेर पनि हामीले चाहे जस्तो काम गर्न सक्नु हुन्न भने केपि ओली जो दलाल र भ्रष्ट्राचारीको घेरा बाँधिएर बसेका छन उनले तपाई हाम्रो काम गर्छन भनेर कसरी सोच्नेरु शेर बहादुर देउवा जो सरकारी ऐस आराम र कुर्सी सँग ईमान जमान र राजनैतिक पथ पनि विसर्जन गर्नछन उनलाई कति पटक चटके प्रधानमन्त्री बनाउनेरु पाँच पटक प्रधानमन्त्री बनेर अहिले सम्म गर्न नसकेको कुन चाहिं काम गर्लान भनेर उनलाई अपनाउनेरु कथित जनयूद्धको नाममा सत्रौं हजार मानिसको रगतले स्थापित गराएको प्रचण्डले उत्पिडित जनतालाई बाँडेका सपना खोईरु बुहारी मन्त्री, छोरी मेयर लगायत सम्पूर्ण आफन्तको सेट नै सरकारी विलासी सुविधा लिने पदमा पुर्साउन हो तपाईले गोली छातीमा थाप्नु भएकोरु युवा साथीहरु तपाई आउनुहोस नेतृत्व गर्न मेरो नेता यो होईन अब तपाईको नेता तपाई नै हो किन कि तपाईलाई बुझ्ने ओली, देउवा प्रचण्ड या कुनै सण्ड मुण्ड होईन तपाई नै हो।

अहिलेको आवश्यकता भनेको कसले शासन सत्ता चलाउने भन्ने होईन, कसरी शासन सत्ता चलाउने भन्ने हो। हामीले हाम्रै पालामा शासन प्रणालीको विकास गर्नु पर्छ जसमा मार्क्सबाद, लेलिनबाद, माओबाद वा पुँजीवाद होईन “नेपालवाद” को विकास हुनु पर्छ जहा हरेक नेपालीले आफूलाई यो देशको अधिकार सम्पन्न सम्मानित नागरिक महशुस गर्न सकोस साथै शासन व्यक्तिले होईन उन्नत व्यवस्थाले गर्दैछ भन्ने महशुस होस र राज्यका अंगहरु सम्धीहरु, ज्वाई साला साली रखवाली भान्जी बुहारीहरुको सांठानिक अपराध गर्ने अखडा होईन भन्ने विस्वास विकास होस।

राष्ट्रप्रति ईमानदार युवा नेतृत्व लाग्यो भने सम्भव हुन्छ भन्न कुनै मार्क्सवाद, लेलिनवाद, माओवाद वा पुँजीवाज पढ्नु रट्नु पर्छ, नारा लगाउनु पर्छ बन्दुक पड्काउनु पर्छ भन्ने होईन सोच र प्रणाली बिकास गर्नु पर्छ भन्ने कुरा हाम्रै देशका महान युवा व्यवस्थापक कुलमान घिसिगंबाट बुझ्न सकिन्छ जान्न सकिन्छ। ४६ बर्षको उमेरमा लथालिगं र भताभुगं भएको, ३६ अरब संचित घटा र बार्षिक ९ अरब घाटामा भएको नेपाल विद्युत प्राधिकरण जसले देशमा १८ घण्टा लोडसेडिगं गर्र्थो को व्यावस्थापन जिम्मा लिएर चार बर्षे कार्यकालमा व्यवस्थापन जिम्मा लिएको बर्षदिन भित्र देशलाई लोडसेडिगं मुक्त बनाई संस्थाको ऋण चुक्ता गरेर ६ अरब संचित नाफा सहित ११ अरब बार्षिक मुनाफा आर्जन गर्ने संस्था बनाउन सक्छन भने सक्षम युवा नेतृत्व पायो भने देशले पनि ५ बर्ष भित्र वैदेशिक ऋण चुक्ता गरि व्यापार घाटा अन्त्य गरि मुनाफा आर्जन गर्न किन सकिंदैन र ?
यो राष्ट्र बचाउन, आफ्नो भविश्य कोर्न र आफ्ना बाल बच्चालाई तपाई हामीलाई जस्तो अन्योलबाट मुक्त राख्न आज तपाईको नेतृत्व आवश्यक छ भोलि हाम्रो बच्चा हरुको पालो हुनु पर्छ। हाम्रो हजुरबाको पालामा पनि त्यहि ओलि, देउवा र प्रचण्ड, बुवाको पालामा पनि तिनिहरु नै, अहिले हाम्रो पालामा पनि तिनिहरुनै अनि भोलि हाम्रा बच्चाहरुको पालामा पनि तिनिहरु नै नेता भएर कस्तो परिवर्तन हुन्छरु कसरी आउँछ समृद्धिरु हिजो जे भयो अब त्यो गल्ति हुन दिनु हुँदैन। आज तपाई हाम्रो पालो हो भोलि हाम्रा बाल बच्चाको हो तपाई हामीले पनि बाल बच्चाको पालो आईसके पछि हाम्रो दावी छोडेर उनिहरुलाई सुम्पिनु पर्दछ, यो थीति बस्नु पर्छ, यो संस्कार बन्नु पर्छ अनि मात्र समय सापेक्ष समृद्धि आउँछ नत्र नेपाल सदाको लागि पिछडिएको देशको सुचीबाट कहिल्यै हट्ने छैन।
अहिलेको आवश्यकता भनेको कसले शासन सत्ता चलाउने भन्ने होईन, कसरी शासन सत्ता चलाउने भन्ने हो। हामीले हाम्रै पालामा शासन प्रणालीको विकास गर्नु पर्छ जसमा मार्क्सबाद, लेलिनबाद, माओबाद वा पुँजीवाद होईन “नेपालवाद” को विकास हुनु पर्छ जहा हरेक नेपालीले आफूलाई यो देशको अधिकार सम्पन्न सम्मानित नागरिक महशुस गर्न सकोस साथै शासन व्यक्तिले होईन उन्नत व्यवस्थाले गर्दैछ भन्ने महशुस होस र राज्यका अंगहरु सम्धीहरु, ज्वाई साला साली रखवाली भान्जी बुहारीहरुको सांठानिक अपराध गर्ने अखडा होईन भन्ने विस्वास विकास होस। व्यक्तिको लहडमा शासन गर्ने प्रवृत्तिको अन्त्य गरी आम युवाले तय गरेको प्रणालीमा सत्ता संचालन हुने व्यबस्था हुन पर्यो जहाँ शासन सत्तामा कुनै सुधार चाहिए व्यक्ति होईन प्रणाली अद्यावदी गर्ने व्यवस्था हुनु पर्दछ जसमा आउने पुस्ताले सजिलै आफ्नो आवश्यकता अद्यावदी गर्न सकुन त्यसको लागि कुनै युद्ध, द्वन्द वा अस्थिरता नहोस । युवा साथीहरु यसरी हामी अरुबाट होईन हामी आफैबाट शासित हुनुपर्छ। आजको यमयमा एउटा शिक्षित बाबुले त छोरा छोरीको आकांक्षा बुझ्न सक्दैनन भने हजुरबा उमेरका अनपढ बुढाहरुले तपाई हामीले चाहेको परिवर्तन स्थापित गर्छन भनेर कल्पना गर्नु नै गलत हुन्छ तर हामी कल्पना मात्र होईन अपेक्षा नै गरिरहेका छौं त्यसैले युवाहरुमा नैराश्यता,डिप्रेशन जस्ता समस्या उत्पन्न भई समाजमा आत्महत्या अन्य अपराध बढ्दो मात्रामा छ।
अतस् युवा साथीहरु हामीले समाजमा विकृति विसंगति संग लड्दै भ्रष्ट्राचारीहरुलाई सामाजिक बहिस्कार गर्ने, आर्थिक क्रान्तिको लागि प्रविधिको विकास र प्रशिक्षण दिने सभ्य समाजको मोडल तयार पारी क्लष्टर बनाई आधुनिक समाज निर्माण गर्ने, व्यक्तित्व विकास गर्दै देश निर्माणमा युवाहरुलाई प्रोत्साहन र हौसला दिने गर्नुपर्छ। समपूर्ण युवाहरु देश निर्माणका नेतृत्व हुन् कुनै अमुक व्यक्ति बाट चामत्कारीक परिवर्तन को अपेक्षा नगरौं चामत्कारीक शासन व्यवस्था निर्माण गरी हरपल चामत्कारीक परिवर्कनका सम्वाहक बनौ।
जय देश

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी