पर्सामा २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु

पर्सामा २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु

  • मङ्लबार, भदौ १६, २०७७
  • दिपक चौरसिया

  • 9.8K
    SHARES

वीरगन्ज १६ भाद्र । पर्सामा थप तिन कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नं.२४ र २० का दुई जना र एक जना बेवारिसे गरि तीन जना को मृत्यु भएको छ । सोहो २४ घन्टामा तिन जना मृत्यु भएको छ ।

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं.२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् । वीरगंज महानगरपालिकाको वडा नं. २४, बहुअरीका ८० वर्षिय पुरूष र वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ६० वर्षीय पुरुषमा पनि मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

यस्तै वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा सोमबार राति मृत्यु भएका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन। सोमबार सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको सोमबार राति पौने ९ बजे मृत्यु भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । र साथै भदौ १३ गते स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा सोही दिन कोरोना पुष्टि भएका ती पुरूषको बीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो ।

१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुषको सोमबार राति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

यस्तै बाराका काेल्बिका काेराेना संक्रमित ६० बर्षिय पुरूषकाे पनि मंगलवार बिहान मृत्यु भएकाे छ । गण्डक काेराेना अस्पतालमा भदाै १० गते भर्ना भएका उनकाे बिहान ४ बजे ५० मा मृत्यु भएकाे डा. चाैरसियाले जानकारी दिए । मधुमेहका बिरामी उनलाइ स्वासप्श्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकेा थियाे ।उनमा ६ गते काराेना पाेजेटिभ देखिएकाे र पछि लक्षण देखिएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेकेा थियाे ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ। साउन यतामा मात्रै ५० जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५३ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ३९ जना , बाराका ११ जना र रौतहटका ४ जना रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ