अमेरीकामा व्यवशाय गर्ने लिला राईले धरानका ५० जना विद्यार्थीलाई बाँडे मोबाईल

अमेरीकामा व्यवशाय गर्ने लिला राईले धरानका ५० जना विद्यार्थीलाई बाँडे मोबाईल

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

कोरोना भाइरसका कारण संसारै भरका विद्यार्थीको अध्यान अवरुद्घ भइराखेको वेला धरान १९ स्थित किरातेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई रेडियो क्लास मार्फत अध्ययन गर्ने हेतुले ५०जना विद्यार्थी लाई ५० वटा मोवाइल वितरण गरेको छ ।
अमेरिकामा ब्यबशाय गरी बस्ने समाजसेवी लिला राईले करिब ६० हजारको लागतमा ५० वटा मोवाइल खरिद गरी विद्यालयलाई विद्यालयका विद्यार्थीको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने उदेश्यले रेडियो क्लास सुन्न मोवाइलको पहुच भन्दा टाढा रहेका विद्यार्थी मोवाइल वितरण गरिएको हो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष देउमान ताक्पादेनले थाेरै भएपनि विद्यार्थीको सिकाइ क्रियाकलापमा सहयोग पुग्ने भन्दै कोरना भाइरस माहामारीवेला पनि समाजसेवी लिला राईले विद्यार्थीको पढाई सहयोग गरेर ठुुलो गुन लगाएको धारणा राख्नु भयो ।
प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले विद्यार्थीको सिकाइमा रेडियो क्लास सुन्न मोवाइलले सहयोग गर्ने समाजसेवी लिला राई लाई धन्यवाद दिनु भयो ।
भर्चुअलमाफर्त समाजसेवी लिला राईले माहामारीबाट सबैलाई जोगिन अनुरोध गर्दै रेडियो क्लास सुनेर सिकाइ क्रियाकलाप अगाडी वढाउन सबै विद्यार्थी लाई अनुरोध गर्नु भयो ।
धरानमा १ नं प्रदेशको पहिलो सामुदायिक रेडियो गणतन्त्र एफ .एम . ९५.१ मेघाहर्ज लगायतका रेडियो स्टेसनबाट कक्षा ६ देखी कक्षा १० सम्म रेडियो क्लास भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी