प्रचण्ड र अन्य नेताको असहमतिका बीच पनि खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने ओलीको तयारी

प्रचण्ड र अन्य नेताको असहमतिका बीच पनि खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने ओलीको तयारी

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

भदौ १५ काठमाण्डौं । प्रचण्ड, माधव नेपाल सहित अधिकाशं नेताले अर्थमन्त्री फेर्नु पर्ने पक्षमा अडान राखे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने तयारी गरेका छन् ।
अनौपचारीक रुपमा पटक पटक प्रचण्ड सहितका नेताबाट अलग अलग चरणमा दबाब गए पनि ओलीले खतिवडालाई नहटाउने योजना बनाएको सचिवालयका एक नेताले बताए ।
अन्तिम सम्म पनि रोक्ने प्रयासमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहितका नेता लागे पनि त्यो खतिवडालाई निरन्तरता दिने अडानबाट ओली पछि नहटेको बुझिएको छ ।
राष्ट्रिय सभामा खतिवडाको म्याद गत फागुण २० गते नै सकिएर राजीनामा दिएका थिए । तर ६ महिनाः थप मन्त्री बनाउन सकिने प्रावधान अनुसार अर्थ र सञ्चार दुबै मन्त्रालय चलाईरहेका खतिवडाले अब भने राष्ट्रिय सभामा मनोनित भएमा मात्रै मन्त्रालय पाउने पक्का छ ।
त्यसैका लागि उनलाई मन्त्रीपरिषद्को बैठकबाट राष्ट्रिय सभाको बाँकी कार्यकालका लागि राष्ट्रपति समक्ष सिफारीस गराउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।
यसैलाई रोक्न अरु नेताले प्रयास गरे पनि ओलीले आफ्नो अडान नछाडेको स्रोतको दाबी छ ।
यस्तै मन्त्रीमण्डल हेरफेर जस्ता सुझाव महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिए पनि धेरै मन्त्री समेत परिवर्तन नगर्ने मनशायमा ओली रहेको बुझिएको छ ।
यसैबीच आज बस्ने मन्त्रीपरिषद्को बैठकमा राष्ट्रिय सभामा खतिवडालाई नै सिफारीस गर्ने बिषयमा छलफल हुने बताईएको छ ।

यस अघि पार्टी सचिवालयको बैठकले राष्ट्रिय सभामा वामदेव गौतमलाई लाने भनेर निर्णय गरे पनि आफैले गरेको निर्णयबाट पछि हटदै ओलीले अहिले सम्म कसैलाई सिफारीस गरेका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ