चार वर्षीया बालिका सहित नेपालमा थप सात जना कोरोना संक्रमितको मृत्यु

चार वर्षीया बालिका सहित नेपालमा थप सात जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडौँ , १५ भदौ ।
नेपालमा गएको २४ घण्टामा ४ वर्षीया बालिका सहित थप जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा आज तिन महिला र चार पुरुष गरि सात जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

आज मृत्यु हुनेमा महोत्तरीका चार वर्षीया बालिका रहेकी छिन् । यस्तै, गोर्खाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणका मृत्यु भएको छ ।

यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।

आज सात जना कोरोना संक्रमितको मृत्यु भएसगै देशभर हासम्म कोरोना संक्रमणका कारण २२८ को ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ