समृद्ध देश निर्माणको लागि पहिलो आधार भारतसगको परनिर्भरता तोडन सक्नु पर्छ

समृद्ध देश निर्माणको लागि पहिलो आधार भारतसगको परनिर्भरता तोडन सक्नु पर्छ

  • आइतवार, भदौ १४, २०७७
  • बीरवल खड्का

  • 12.9K
    SHARES

हाम्रो देश भुपरिबेष्ठित मुलुक हो । पुर्ब,पश्चिम र दक्षिणमा भारत र उत्तरमा चीनको स्वसाशीत क्षेत्र तिब्बत रहेको छ । तसर्थ भौगोलिक तथा सामुन्द्रिक रुपमा कुनै पनि तेस्रो देशसँग जोडिनको लागि भारत याँ चीनसग सम्पर्क गर्नु पर्ने बाध्यता छ। उत्तरी भु-भाग पहाड  र हिमालको भौगोलिक कठिनाई सगै दुई देशका जनताको रहन सहन लगाएत धेरै कुराको फरकले गर्दा चीनसँगको पारवहन तथा व्यापारिक सम्पर्कमा अलिक जटिलता छ तर भारत सँग भौगोलिक समदुरी,भाषीक र सास्कृतिक निकटताले गर्दा दुई देश बीचको सम्पर्क सहज भएकाले गर्दा हाम्रो सम्पर्क भारतसग बढि भएको छ । तसर्थ भारतले यसलाई अवसर तथा फाईदाको रुपमा हरेर पक्षमा नेपाललाई आफुसँग निर्भरता बनाउने रणनीतिमा लागेको देखिन्छ । पछिल्लो समयमा आएर दैनिक जीवनमा प्रयोग हुने अती आवश्यक देखि अन्य सम्पुर्ण बस्तुमा जन धेरै भारतमा परनिर्भरता भएको पाईन्छ । यसर्थ हाम्रो मानसिकतानै भारत निर्भरता भएर आएको छ । त्यसमाथी भारतको सीमा क्षेत्रका नेपालीहरु भने नेपालका बजार छोडेर २ पैसा सस्तो लोभको बहानाले भारतका बजारमा समान खरिद गर्न पुग्छन जुन देशका लागि अतिनै घात छ । देशको फितलो नीति नियमको कच्चा कार्यन्वनले गर्दा यस्ता गतिविधि र क्रियाकलाप रोकिएका छैन साथै यसरी नै खुल्ला सिमानाका कारण भारतबाट बिभिन्न बस्तुहरु नेपाल लिएर  बस्तुको मुल्यबाट कमिशन निकालेर आफ्नो जीविका चलाउने कयौं नेपाली परिवार छन् । राज्यले यस्ता नागरिकलाई, देशको उत्पादन क्षेत्रमा प्रयोग गर्नु पर्छ । औधिगिकरण गरेर उनीहरुको व्यबस्थापन गर्नु पर्छ ।अर्को कुरा  राज्यले आर्थिक अवस्थालाई बलियो बनाउने देशमै पुजी निर्माण गर्ने नीति लिनु पर्छ तर यहाँ हुँदै गरेको चहि भारतबाट आयत मुखी हुदै आधारभुत बस्तु देखि निर्माण साधन र पुजीगत सवारी साधनमा २००% सम्म कर लगाएर आयत गर्ने र राज्श्वबाट देश चलाउने नीति लिएको छ।

बहुसंख्यक आफ्ना नागरिक कृषिमा निर्भरता हुदा पनि कृषिजन्य उत्पादन बढाउनका लागी अहिले सम्म नेपालमा एउटा युरिया डियपी मलको समेत कारखाना खोल्न  सकेका छैनौ । यसमै अरबौ पैसा भारत पठाएका छौ साथै हरेक किसान आज सिजनमा उन्नत बीउ र मलको अभाबले तडपिनु परेको छ । यस्ता आवश्यक्य कुरामा समेत हामीले भारतकेै मुख ताक्नु पर्ने कस्तो निति हो यो? तत्कालै नेपाल सरकारले कृषि उत्पादनमा चाहिने सम्पुर्ण औजार स्रोत सबै स्वदेशमै आत्मानिर्भर बनाएर, उत्पादित अन्तिम बस्तुलाई निर्यातको लागीमात्र भारतको बजार उपयोग गर्ने नीति सरकारले लिनु पर्छ अनि मात्र देशको आत्मानिर्भरताको जग बसाउन सकिन्छ।

मेरो भनाईको आश्य भनेको नेपाल कृषि प्रधान देश ७५% माथी जनता यश क्षेत्रमा हुदा पनि हामी हाम्रो आधारभुत आवश्यक हरु समेत परिपुर्ति गर्न सकेका छैनौं । किन र कसरी यस्तो हुन पुग्यो सबैले आर्थिक उन्नति गर्ने  देश समृद्धि बनाउने कुरा मात्र गरेका छन् तर हामीले आज बिकासका नाममा कृषि कार्यक्रममा ठुलो बजेट छुटाउने देखि विभिन्न कृषि कार्यक्रम,दातृ सस्थाका कार्यक्रम हुदै कृषि ग्रामीण सडक खोल्ने र बिकास बजेट हाल्दै गर्दा ,प्रचारका लागी विभिन्न नाराहरु जनतामा लैजाने तर नागरिक कृषि पेशाले जीविका नहुने अवस्थामा आईपुगेर  बिदेश जानू पर्ने बाध्यता अनि अलिकति पैसा कमाए पछी सुबिदाको खोजीमा शहर आउछन् र गाउँ घरका खेतियोग्य जमीन बाजो छोडेर सुबिधामुखी हुदै मंगो निजी बिधालय पढाउनु पर्ने र खाध्यन्नका सामन भारतबाट आयतीत प्रयोग गर्नु पर्ने बास्तबिकता यो छ किन हामी यथार्थ हाम्रो दैनिक भोगाईमा  कहिले पनि पुग्न सकेनौं यस्ता बिषयमा ठोस योजना आउनु पर्छ र आत्मानिर्भरताको आधार बन्न सक्नु पर्छ।

अर्को कुरा हामीले धेरै थोरै जति पनि कृषिजन्य खाधे तथा नगदे उत्पादन,पशुजन्य र वनस्पतिजन्य कच्चा पदार्थ उत्पादन गछौ,तर औधोगीकरण गरेर नत अन्तिम उपभोग्य बस्तु बनाएर आफ्नै देशका उपभोक्तलाई बजार सम्म पुर्याउन नै सक्छौ नत अन्तराष्ट्रिय बजार सम्म पुर्याउन सक्छौ खाली निर्यातमा भारत मुखिमात्र भएका छौ ताकी सस्तोमा धान र उखु दिने भारतलाई अनि महंगोमा चामल र चीनी आयत गर्ने अनि त्यही महंगो वस्तु किनको लागि नागरिकलाई बिदेश जाऊ पैसा कामाउन भन्ने नीति छ कति गलत नजीर छ यहाँ यस्तो नीति स्थापीत गर्न यिनै नीति निर्मता हुँ भन्नेहरुकै दोस छ किनकी नेपालमा बिगतमा खोलीएका आधिकंस स्वदेशी पुराना उधोग जस्तै बिराटनगर जुट मिल बिरगंज चिनी मिल,हेटौंडा कपडा उधोग,बासवारी छाला कारखाना भृकुटि कगाज कारखाना, लगाएत अन्य उधोगलाई निजीकरण गर्ने तत्कालिन नितिले सबै बन्दहुने अवस्थामा पुराईएर बन्द गरियो यस्ता किसीमका गतिबिधी हुनाले पनि देशमा कुनै पनि चिज र वस्तु उत्पादन गर्न सकिएन्न।सरकारले निजीकरण गर्ने न्युले जीर्ण अवस्थामा पुर्याएर बन्द हुने अबस्थामा पुराएर देशको औधोगिक बिकासलाई तहस नहस गरेर नागरिकलाई जन परनिर्भरता पुराएका ज्वालन्त उदहारण हुन्।
देशमा भएका व्यबस्था परिवर्तनका  हरेक राजनैतिक अन्दोलन र लडाइमा व्यबस्थापन गर्न राणाकालीन समय देखि बि.स.२००७ सालको परिबर्तन २०४६ साल हुँदै २०६२/०६३ सम्मको परिवर्तनमा भारतकै भुमी प्रयोग गरेर  नेपालका आन्तरिक राजनीतिमा भएका  सम्झौता र सन्धीहरुले गर्दा देशको आन्तरिक राजनीति भारतले बुझ्ने अवसर पाएकाले गर्दा पनि भारतले जहिले पनि आफु अनुकुलको नेतृत्वको लागि नेपालमा कुनै न कुनै रुपको हस्तक्षेप गरेको पाईन्छ तसर्थ यस्ता गतिबिधी हुन नदिने  पहिलो कुरा नेपाल र नेपालीको नेतृत्वले  कहिले पनि आन्तरिक मामिलाक राजनैतिक निकासमा भारतीय पक्ष गुहारने भारतीय माटोको प्रयोग गर्नु हुदैन्न रहेछ भन्ने कुरा यसले पुष्टि गरेको छ।आफै स्व-निर्णयमा पुग्न सक्नु पर्छ र बिगतबाट पाठ सिक्न सक्नु पर्छ साथै भारतप्रती झुकाब राख्ने नेतृत्वको पहिचान गर्दै आन्तरिक राजनीतिबाट फल्न सक्नु पर्छ यो अभियान चलाउनु पर्छ र आन्तराष्ट्रिय स्तरका व्यापार सन्धी सम्झौताको कार्यन्वयन गर्न सक्ने नेतृत्वलाई स्थापित गर्दै लैजानु पर्छ।भारतले गरेको पछिल्लो नाकाबन्दी जसका कारणले नेपाल र नेपालीले भोगेको समस्याहरु बाट हामीले कति पाठ सिकौं र यस्ता कुराको मनन् गर्दै देश निर्भरता र आन्तरिक एकता बलियो बनाउनु पर्छ अनि मात्र परनिर्भरतालाई तोड्न सक्ने आधार तय गर्न सकिन्छ।

देशमा किन उधोग कलकारखान खोल्नलाई सहज वातावरण बनाईएन्न किन भन्दा यसमा भारत प्रती झुकाप राख्ने नेतृत्व र परिचालित समूहले जसले स्वदेशी उत्पादनलाई खुम्चाउने  र  कमिशन बिक्ने नेतृत्वले जनतालाई धोका दिने झुक्याउने खेल भयो।अहिले पछिल्लो चरणमा नेपालको पुर्बी पहाडमा उत्पादन हुने कालो सुन भनेर चिनिएको अलैची बिश्वव्यापी माग सगै मूल्य उच्च हुदा एकाएक भारतसग मात्र व्यपार हुने एक मात्र बिकल्पले गर्दा भारतीय व्यपारीले नेपाली अलैची नकिन्दिने निर्यातमा अबरोध पुर्याएका र मूल्यलाई काम गरेका थुप्रै उदाहरण छन् जसले गर्दा अाज अलैची व्यबसायनै धरासाही   हुन पुगेको छ यसमा केही नेपालका व्यापारी हरुले बंगलादेशलाई प्रयोग गरेर अन्य तेस्रो देशमा व्यापार गर्न पहल गर्दा पनि तत्कालीन सरकारले कुनै पनि सहयोग नगरेको र भारतले अबरोध गरेका समाचारले  पनि त्यसको पुष्टि गरेको छ तसर्थ भारत निर्भर व्यापारले समय समयमा देशकै लागी घात भएको छ।
यस्तै देशबाट बहुमूल्य जडिबुटी वनस्पतिहरलाई बिश्व व्यापी मूल्य भन्दा धेरै कम मुल्यमा भारतलाई बेची रहेका छौ जुन भारतको नीती हो र अब यसरी गरिने कच्चा पदार्थको निर्यात बन्द गरिनु पर्छ देशमै औषधी उत्पादन गर्ने देखि कल कारखाना खोलीनु पर्छ यश सम्बन्धि स्पस्ट नीति नियम र व्यबहारिक रुपमा नियम भनाएर निजी क्षेत्रलाई दिने काम सरकारले गर्नु हुदैन्न आफै सरकारले यसको नेतृत्व गरेर काम गर्न सक्नु पर्छ र देशमै पुजी निर्माण गर्ने र चीन तथा तेस्रो मुलुकसग व्यापार बढाउने नीति लिएर अगाडी बढ्नु पर्छ।
अर्को महत्वपुर्ण कुरा श्रम बजारको कुरा गरौँ हाम्रो देश नेपाल पनि युवा बेरोजगारको समस्या भोगेर लाखौं लाख युवा भारत लगाएत अन्य तेस्रो मुलुक अरब,मलेसिया,कोरिया राष्ट्र सम्म पुगेका छन् रोजगारको लागी बिदेशीयका युवा शक्तिलाई रोक्ने नीति सरकारले लिए पनि ठोसरुपमा व्यबहारिक कार्यन्वनमा आउन नसक्नु र अहिले पनि युवा पलायन भैईरहेका छन्।भारत र नेपालको श्रम बजारको कुरा गर्दा अहिले चालु भएका नेपालका औधोगिक कोरिडरमा किन नेपाली भन्दा भारती कामदार तथा कर्मचारी धेरै राखीएको छ यो व्यबहारीकरुपमा अहिले पनि छ यसलाई स्वदेशी कामदारको नियुक्त गर्ने नीति किन आउदैन्न ,अर्को क्षेत्र निर्माणको काममा पनि यस्तै हालत छ पछिल्लो विश्व बैंकको तथ्याङ्कले के भनेको छ भने श्रम बजारको आर्थिक बिश्लेषणमा भारतमा श्रम गर्नको लागी गएकाहरुले नेपाल श्रमिकले भीत्राउने पैसा भन्दा भारतिय श्रमीक नेपालबाट लैजाने पैसा करिब तीन गुना बढी अर्थात भारतले नेपाली श्रम बजार बाट प्रती बर्ष ३ अरब डलर सम्म लैजाने गरेको छ यश बिषयमा हाम्रो देशका नीति निर्माताको आखा पुग्दैन्न ?अब पनि नेपालीलाई नेपालमै रोजगारीका लागि योग्य बनाएर रोजगार दिएर भारतीय श्रमिकलाई बिस्थापित गर्ने कदम चाल्न सकिएन्न भने देशको अर्थतन्त्र भारत निर्भरताले तहस नहस पर्ने छ यसर्थ नीति र नियममात्र बनाउने अनि कार्यन्वन नगर्ने अहिले भोग्दै गरेको अवस्था हो हाम्रो देशका निति निर्माताले भारतीय निर्भरतालाई कम गर्दै स्वदेशमै उत्पादन औधोगीकिकरण गर्ने कुरामा जोड दिने र सबै नेपालको श्रम बजारमा नेपालीलाई रोजगार दिने नीति ल्याउनु पर्छ अनि मात्र समृद्धि हासील गर्न सकिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी