नेपालमा कम्युनिष्ट सरकार बनेको झन्डै दुई बर्ष कटीसक्यो । मुलुकमा दुई तिहाई सरकारको नेतृत्व प्रधानमन्त्री के पी सर्मा ओली ले गरेका छन । सात प्रदेस मध्ये छ प्रदेसमा ने क पा कै सरकार छ। ७५३ मध्ये पनि दुई तिहाई स्थानिय तहमा छ। प्रधानमन्त्रीको समृद्घिको भाषणमा पनि कुनै कसुर रहेन। पानीजहाज, रेल हरेक नेपाली जनताको चुलोमा ग्यास पाईपलाईन बिजुलीबत्ती जस्ता थुप्रै महत्वकाँक्षीका योजनाहरु ओली सरकारका योजनामा थीए,ति सपना भाषणमा मात्रै सीमीत भए तर यो सरकारबाट कुनैपनी तेस्ता कुराको एकरती पनी पहल कदमी भएन बरु सुसासनको नाममा भ्रष्टचार महँगी बेरोजगारी जस्ता तमाम समस्याहरु खडा भए। भनाई छ हामी नेपाली स्वाभीमानी र राष्ट्रिय स्वाधीनता हामी नेपालीको हो। के हामी पुर्ण रुपमा स्वाधीन छौँ त? हाम्रो राजनैतीक, आर्थिक, सास्कृतिक लगाएतका क्षेत्रमा बिदेसीले किन बारम्बार हस्तक्षेप गरीरहन्छ? किन नेपालको राज्यसत्तामा रहनेहरु भारतीय शाषकका सामु लम्पसार परीरहन्छन? कुरो के छ भने दक्षीणको ईसारामा यहाँ चुनाव लड्ने जनताको भोट कीनेर चुनिएको नेताले अथवा तिनै दलाल पुजीपतिहरुले दिएको पैँसाले लडेको नेताले भ्रष्टचार नगरेर के गर्छ?
यहाँ प्रश्न उठ्छ स्वाधिनताको, स्वाधिनताको नाममा राजनैतिक, आर्थिक, सास्कृतिक, भौगोलिक क्षेत्रमा भारतिय शाषकहरुको निरन्तर हस्तक्षेप भईरहेको छ। नेपाल भारतको सिमानामा थुप्रै ठाउमा सिमा अतिक्रमण गर्दै सिमानाका पिल्लरहरु गाएब पार्ने, खुलेआम दशगजा क्षेत्रमा बस्ति बसाउने भारतीय सेना प्रहरी खुलेआम नेपालको कुनाकुनामा जानु, लिपुलेक, लिम्पीयाधुरा, कालापानीमा भारतीय पक्षले एकलौटी नयाँ नक्सा जारी गर्दा ब्यापक आलोचना र चौतर्फी दबाबपछी नाटकीय रुपमा आफ्नो सत्ता बचावट गर्नलाई र खोक्रो राष्ट्रबाद जनताको अगाडी कुनैपनी कुटनैतीक तवरमा भारतसँग बार्ता नै नगरी नक्सा त जारी गरे तर कुटनैतीक पहल अहीलेसम्म भएको छैन, कालापानीबाट भारतीय सेना हटेको छैन। भारतीय साम्राज्यवादले ठाउँठाउँमा अहीलेपनी हतीयारसहीत सेना, प्रहरी नेपालमा छीर्दा ओली सरकार मुकदर्शक भएको छ र जनतालाई देखाउन र आफ्नो गुम्न लागेको सत्ता बचाउनलाई नक्सा जारी गरेको महसुस नेपाली जनताले गरेका छन। नेपाली जनताले यो सरकार प्रती ठुलो आशा बोकेका थिए, त्यसको बिपरीत आज यो सरकार भ्रष्टचारले डुङडुङती गनाईरहेको छ। नेपाली सञ्चार मीडीयामा आजसम्मका ओली सरकारका थुप्रै काण्डहरु छताछुल्ल भएका छन। जसमा सुनकाण्ड पात्रको रुपमा चुडामणी उप्रेति लाई बनाईयो आखिर यो सबै सरकारकै सेटीङमा भएको थियो। यस्तै किसीमका थुप्रै काण्डहरु चर्चामा आए ति मध्ये सिन्डिकेट काण्ड, कुलपती काण्ड, मेलम्चि खानेपानी काण्ड, वाईडबडी काण्ड, यती प्रकरण काण्ड, एम सी सी काण्ड, ललीता निवास काण्ड, निर्मला हत्या प्रकरण, महरा काण्ड, एनसेल काण्ड, गुठि बिधेयक फीर्ता, उखु किसान आन्दोलन, बिषादी प्रकरण, होली वाईन काण्ड, सुचना बिधेयक, भेनेजुयला प्रकरण, गोबिन्ध के सी अनसन, ने क पा लाई प्रतिबन्ध र बिखन्डनकारी सि के राउतलाई मुलधारमा ल्याउनु र सरकारका सञ्चारमन्त्रि गोकुल बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको अडियो रेकर्ड बाहिरिदा पनी सरकारको उदासीनता र गम्भिर चासो नहुनुले स्वयम प्रधानमन्त्रि ओली नै भ्रष्टचारको खम्बा झै अडीएका छन। कीनभने हालसालै सरकारका अर्का रक्षामन्त्री ईश्वर पोखरेलको हतीयार खरीद प्रकरण घोटाला र उनकै सत्ता र सरकारकै आडमा आतँक मच्चाएका पोखरेलले आफ्ना सम्धिलाई सातपटक सम्म राजनीतीक नियुत्ति गरी नाताबादको असली चरीत्र देखाएका छन तर आज मुलुकलाई १८ घण्टासम्म लोडसेडीङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालो देखाउने कुलमान घिसीङलाई कार्यकाल दोहो्याउनको निम्ति जनस्तरबाट ब्यापक माग बढीरहेको बेला सरकारका प्रधानमन्त्रि असन्तुष्ट देखीनुले भ्रष्टचारीको सँरक्षण सरकारनै हो भन्ने कुरा प्रष्ट देखीन्छ। जनताको प्रश्न सम्धिलाई सातपटक सम्म नियुत्ति दिन मील्ने तर लोडसेडीङ मुक्त गर्ने कुलमानलाई दुईपटक दिन किन नमील्ने भन्ने प्रश्न आम जनताको चासोको बिषय बनेको छ। विश्वभर आतँकको रुपमा फैलीएको कोरोना भाईरसले विश्वकै जनता निरास अवस्थामा छन। हाम्रो नेपालमा पनी कोरोना भाईरसको त्रासले जनतालाई सताईरहेको छ त्यसकै फलस्वरुप नेपाल सरकारले चैत्र ११ गते देखि लकडाउन गरेको छ। लकडाउनको अक्षरस नेपाली जनताले पालना गरेका छन, तर सरकारले जनताको मन जीतेको छैन झनै आलोचित भएको छ जनतालाई निरास बनाउने काम मात्रै गरेको छ, सुरुमै स्वास्थ्य मन्त्रिले ओम्नि कम्पनी मार्फत चिनबाट ल्याईएका सामानहरु गुणस्तरहिन र महँगो मुल्य देखाएर करोडौ भ्रष्टचार हुने चर्चा चुलीएपछी मात्र उक्त कम्पनीको खरीद सम्झौता रद्घ गरेको थीयो। कोरोनाको माहामारीमा ज्यानको बाजी लगाएर खटेका सुरक्षाकर्मीको तलब काटेर कोरोना कोषमा हाल्ने लज्जास्पद निर्णयले आलोचित भयो र सहरी क्षेत्रका मजदुरहरुको उचित व्यबस्थापन नहुदा उनिहरु घर फर्किने क्रममा भोकभोकै सडकमा हिड्नु त्यो समस्यालाई हल गर्न नसक्नु, गाउगाउमा राहतको नाउमा कतै कालोबजारी, कतै राहतको नाउमा आएको चावलको व्यापार गर्नु र कतै कुहिएको चावल दिनु यो कस्तो बिडम्बना? कोरोनाको विरुद्घ युद्घको मैदान बनेको अस्पताल आईसोलेसन तथा क्वारेन्टाईन वार्डका शिविरहरुमा खटिएका विशेषज्ञ डाक्टरहरुलाई हौसला र प्रोत्साहन दिने ठाउमा उल्टै स्वास्थ्यमन्त्रि भानुभक्त ढकालले सरुवा रोग विशेषज्ञ डा.सेरबहादुर पुनलाई कारबाही गरेर महापुरुषको उपादि पाउन खोजेका थिए तर जनताको व्यापक जनदबाब र सामाजिक सञ्जाल, मिडीयाको चर्को दबाब पछी कारबाही गर्ने मनसाएबाट हट्न बाध्य भएका छन, आफु चोखिनलाई सञ्चार जगतलाई दोष दीदै झुटको साहारा लीएका छन। यिनै विविध घटनाक्रमलाई नियाल्ने होे भने सरकार दलाल पुजिबादि, साम्राज्यबादि र उत्तर साम्राज्यबादिहरुको जगमा भएकोले सबैखाले किसान, मजदुर, साना व्यापारीलाई खान लाउन धौ धौ पर्ने जुन दलाली व्यबस्था छ यो व्यबस्थाको अन्त्य नभएसम्म कीसान, मजदुर सबैखाले उत्पिडीत वर्गको मुक्ती सम्भव छैन। राष्ट्रिय स्वाधीनता, सुसासन र जनतन्त्रको समस्या समाधानको बाटो एकिकृत जनक्रान्ति अर्थात जनसङ्घर्ष र वर्गसङ्घर्षको एकिकृत स्वरुपबाटनै जनताको मुक्ती सम्भव हुनेछ।