‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत

‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भदौ १४ काठमाण्डौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो ।
रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो । ‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताउनुभयो ।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गर्नुभएको हो । पाण्डेले यसअघि गोर्खा भूकम्पमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र निर्माण गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी