राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति

राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौँ , १२ भदौ ।
साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकहरु बताउनुभएको छ ।

नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले बिहीबार बेलुकी भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा विमला शर्मा, रमा केसी, प्रा डा भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेको शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताउनुभयो ।
नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार कार्यक्रममा समीक्षकहरुले व्यक्त गर्नुभएको थियो ।

उपजाति, शार्दुलविक्रीडितलगायत नौ छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ ।
सविता भट्टराईले प्रकाशन गर्नुभएको कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले जानकारी दिनुभयो । विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।

यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौँ कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसक्नुभएको छ । विधागत रूपमा समालोचनाका चार, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एक लगायत कृति सार्वजनिक भइसकेका छन् ।

साहित्यकार ज्ञवालीको यो १८ औँ कृति हो । यसअघि उहाँका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’ लगायत कृति प्रकाशित भइसकेका छन् ।
भदौ लागेपछि आफूले ‘आमा’ खण्डकाव्यलाई अन्तिम रूप दिइरहेको उहाँले परिचर्चा कार्यक्रमा जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी