एजेन्सी भदौ ९ । मित्र राष्ट्र पाकिस्तानमा मे र जुन महिनामा कोरोना असाध्यै अनियन्त्रित थियो । दैनिक ५ देखि ६ हजार सम्म मानिसहरु संक्रमित थिए ।
मार्चदेखि पाकिस्तानमा कोरोना देखा परेको थियो । चीनमा डिसेम्बरमा कोरोना फैलिए देखि पहिलो पटक थोरै मानिसमा कोरोना देखिएको थियो ।
तर मे देखि जुन महिना सम्म आईपुग्दा पाकिस्तानमा कोरोनाले विकराल रुप लियो ।
देश भित्र भ्रष्टाचार, नियन्त्रण, भारतसगँको तनाव, आर्थिक संकट सबै कारणले प्रधानमन्त्री ईमरान खानमाथि दबाब थियो नै ।
तर अहिले खानको नयाँ रणनीतिले पाकिस्तान सफलता उन्मुख देखिएको छ ।
पाकिस्तानले कसिलो लकडाउन गरेन । उसले स्मार्ट लकडाउनका नाममा सामाजिक दुरी, तातो पानीको प्रयोग, मास्क लगाउने जस्ता कुराहरु रचनात्मक रुपले अघि बढाउदै लगेर अहिले कोरोना लगभग नियन्त्रण तिर आएको छ ।
अहिले पाकिस्तानमा दैनिक ३ सयदेखि ५ सय मात्र संक्रमित फेला पर्न थाालेका छन् ।
पाकिस्तानको कोरोना नियन्त्रण गर्ने शैलीको अमेरीकी धनाढ्य माईक्रो सफट्का मालिक विल गेट्सले समेत प्रशंसा गरेका छन् ।
उनले सिएनएनसगँ कुरा गर्दै पाकिस्तानले भारत र युरोपको तुलनामा उत्कृष्ट ढंगले कोरोना नियन्त्रण गरेको भन्दै प्रशंशा गरेका छन् ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार पाकिस्तानमा अहिले कुल सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९९ रहेको छ । यस मध्य पनि क्रिटिकल ७ सय ६६ जना मात्र रहेका छन् ।
पाकिस्तानमा यो खबर तयार पार्दा सम्म २ लाख ९३ हजार ७ सय ११ कुल संक्रमित छन् जस मध्य २ लाख ७८ हजार ४ सय २५ जना निको भएर घर फर्किएका छन् र ६ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।
-जेनेरल लकडाउन, स्मार्ट लकडाउन हुदै माईक्रो लकडाउनको रणनीति लागू
-दैनिक ६० हजार सम्म परीक्षण
-संक्रमित बृद्धि दैनि ६ हजार सम्म भएकोमा अहिले ३ सयदेखि ५ सय भित्र
-रिकभर रेट उदाहरणीय ९१ प्रतिश भन्दा बढी
-सक्रिय संक्रमित नेपालमा १३ हजार बढी पाकिस्तानमा १७ हजार मात्र
-विल गेट्सले पनि प्रशंसा गरे पाकिस्तानको रणनीतिको
पाकिस्तानमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या प्रतिशत दरमा हेर्दा ९१ प्रतिशत भन्दा बढी छ ।
कोरोना फैलन थाले पछि शुरु शुरुमा भारत र पाकिस्तानमा उस्तै थियो । कहिले काँही त भारतमा भन्दा धेरै संक्रमित पनि एकै दिनमा पाकिस्तानमा बढीरहेका थिए ।
२० करोड जनसंख्या रहेको यो मुलुकमा पूर्व क्रिकेटर रहेका प्रधानमन्त्री इृमरान खानले लिएको कोरोना नियन्त्रण सम्बन्धि नयाँ रणनीतिले उनले पुरै जनतालाई पूर्ण रुपले बन्दी जस्तो बनाउने लकडाउन नगरी नियन्त्रण तिर लान सफल भए पछि अहिले प्रशंसा बटुलिरहेका छन् ।
लामो लकडाउन, अहिले पनि निषेधाज्ञा लागू गरिहेको नेपालमा भने कोरोना नियन्त्रण हुनुको साटो बृद्धि भईरहेको छ । मृत्यु पनि बढीरहेको छ ।
गरीबी, औषधीको अभाव कुटनीतिक सम्बन्धका तनाव आदि कारणले पनि पाकिस्तान कठिनाईमा थियो । तर ईमरानले धैर्यतापूर्वक लिएका नीतिले जनतालाई ठोस कठिनाई बिनानै कोरोनामाथि बिजय प्राप्त गर्दै गएको देखिएको छ ।
अहिले कोरोना नियन्त्रण हुदै गए पछि पाकिस्तानमा माईक्रो लकडाउनको नीति लिईएको छ । जहाँ मानिसले सबै काम गर्न पाउछन् तर सामाजि दुरी, मास्क जस्ता स्वास्थ्य गाईड लाईन्सका आधारमा । यसो गर्दै जिरो लकडाउनमा पुग्ने ईमरानको रणनीति छ । एक्सप्रेस ट्रिब्युनले लेखेको छ ।
अब संभवत चीनमा तयार भएको भ्याक्सिन समेत पाकिस्तानमा जादै छ । यसले उनीहरुलाई थप कोरोना नियन्त्रणमा मद्धत पुग्ने विस्वास गरिएको छ । नेपाल भन्दा करीब ७ गुणा जनसंख्या बढीरहेको पाकिस्तानमा सक्रिय संक्रमितका हिशाबले नेपालमा पाकिस्तानमा भन्दा करीब ४ हजारले मात्रै कमी अर्थात १३ हजार भन्दा बढी छ ।
एउटा अझ राम्रो कुरा के हो भने ईमरान खानले चाहे आन्तरीक राजनीतिक विवादमा होस् चाहे बाह्य सम्बन्धमा उनले कम बोले र धेरै काम गरेर उदाहरण पेश गरे । तर नेपालमा कोरोनाबाट कसैलाई मर्न दिईदैन भन्ने देखि भाईरसबारे अनेक ब्याख्या, सफल भएको आफैले घोषणा गर्ने सरकारी अधिकारी र नेताहरु अहिले मौन छन् ।