चार रोपनी जग्गामा फैलिएको नौ सय बोट गाँजा फँडानी

चार रोपनी जग्गामा फैलिएको नौ सय बोट गाँजा फँडानी

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

विदुर , ८ भदौ ।
नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ ।
जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

निरीक्षक फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्षति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ