नेताले जीत्ने जनताले हार्ने : यो व्यवस्था कहिले सम्म ?

नेताले जीत्ने जनताले हार्ने : यो व्यवस्था कहिले सम्म ?

  • आइतवार, भदौ ७, २०७७
  • वीरबल खड्का

  • 15.3K
    SHARES

राज्य ब्यवस्थामा हिजो शासीत हुँदा शोशीत र पिडित हुने, आज शासन गर्ने ठाउमा पुग्दा पनि पात्र अलग व्यबहार,शैलि बिगतकै शासक जस्तै (हाम्रो देश नेपालमा हिजो राज्य व्यबस्था परिबर्तनको संघाषर््मा धेरै पक्षका मुद्दाहरु कुनै न कुनै रुपमा राजनैतिक दलहरुका राजनितीक एजेन्डा भएर आए जसले गर्दा हामी सबैलाई परिवर्तनको पक्षमा आन्दोलित बनाएकै हो, जसको मूल आश्य भनेको समाजमा रहेका सबै प्रकारका असमानता र बिभेदको अन्त्य गर्दै सबै स्तरका नागरिकको प्रतिनिधित्व गर्दै शासन व्यबस्था सञ्चालनामा पहुँच पुराउने र आर्थिक समृद्धि हासील गर्ने नै थियो।त्यसैले आफुलाई परिबर्तनको संबाहक हुँ भनेर बर्तमान शासन व्यबस्थामा पुगेका अहिलेका राजनैतिक दलहरू र दलका नेता र नेतृत्वका, बिचार,प्रतिबद्धता र घोषणा पत्र देखी आफ्ना एजेन्डा सबै जनतामा सूचित गर्दै उत्पीडित,शोषीत, सर्बाहाराहरुको मुक्तिको नारा लगाउदै जनमतलाई आफ्नो पक्षमा पार्दै, तत्कालीन व्यबस्था र शासकहरुको बिरुद्धमा १०बर्षीय सशस्त्र जनयुद्ध गर्दै आएको पार्टी र तत्कालीन राजनैतिक दलहरु बीच, सम्झौता हुँदै सयुक्त सरकार,चुनाब हुदै जनताको जनमत बाट छानीएका प्रतिनिधीहरुको अथक प्रयासबाट नयाँ संविधान बनाउने, जारी गर्ने काम भएर नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्दै सबै बर्ग,धर्म,जाती,सस्कृति, लिङ्ग र समुदाय बिच कुनै पनि असमानता नभएको मुलुक भनेर घोषणा गर्दै, राज्य सञ्चालको नेतृत्वमा सबैको सहभागीता गराउने उदेश्यले संरक्षण र समानुपातिक व्यबस्था गर्दै गर्दा नेताहरु नेतृत्वमा जादा कद र पद बढ्ने मानसिकता बढेर जानु यसले गर्दा जसका लागि भनेर निर्धारण गेरेको हो के तिनै समुदायका जनतालाई यसले स्पर्श गरेको छ तरुउदाहरण पछिल्लो घटना जातकै कारणले नबराज लगाएत उनका साथीहरु मरिएको रकुमरजाजरकोट घटनाले जातिय विभेदकै कारणले घटेको दुस्खद घटनाले सिङ्गो अहिले व्यवस्था माथीनै प्रश्न उब्जाएको छ ,यस्तै ज्यान मुद्धामा जन्मकैदको सजय भोग्दै गरेका पुर्ब प्रहरी उच्च अधिकृत रञ्जन कोईराला ८ बर्षाको समय अबधिमानै कैद सजाय मुक्त भएको फैसाला सर्बोच्चले गर्नु के यहिको जनताको न्यायलय प्रतिको बिश्वास र कानुनी राज्यको व्यबस्था यसले थप संका र अन्योल उब्जाएको छ यस्तै विश्वव्यापी फैलीरहेको कोरोना भाईरसको महारीले हाम्रो देश पनि दिनानुदिन गुणात्मक नयाँ संक्रमण फैल्दै गर्दा बिरामीले उपचार पाएका छैन्न त्यस्तै बाढी,पहिरो र डुवानले जन र धनको क्षेतिले थील थिलो भएका समुदायले उपचार उद्धार र राहातमा कुनै भरपर्दो पहलकदमी नहुनु ले पनि पुष्टि गरेको छ,जनता दिनानुदिन परनिर्भरताको खाडलमा बसीरहेका छन् ।यसरी पहिलाको व्यबस्थामा राजा महाराज हरूको जुन किसीमको राज्य सञ्चालनको शैली व्यवहार र चिन्तन्न थियो आज जनताको छोराछोरी राष्ट्रप्रमुख हुदै गर्दा पनि बिगतकै शासकहरुको जस्तै शैली रहनु,के जनताले परिबर्तनको अनुभुति पाए यसकै लागि थियो यो जनताको बलिदानी पुर्ण सङ्गर्ष समयले उत्तर मागी रहेको छ।

राज्य व्यबस्थामा सबैको सहभाहिताको नाममा महिलाका कोटामा नेताहरुका आफ्ना श्रीमतिरसाली पर्नु जनजाती र अल्प संख्याका कोटामा नजिकका हिसेदार तथा आफ्नता पर्नु, जनसंख्या र क्षेत्रको प्रतिनिधीत्व गर्ने न्युँ मा नेता तथा कार्यकर्तालाई जागीरमा भर्ना गरे जसरी एउटा वडा देखि केन्द्र सम्मका प्रतिनिधी छान्दा एउटा नगरिकले ११ जनालाई मत लगाउनु पर्ने के यो हाम्रो आवश्यकता हो रुके यो व्यबस्था हाम्रो अवस्था अनुकुल छ के हामीलाई चाहिएको यहीँ हो तरुदेशको जिर्ण आर्थिक अवस्थामा छ धेरै ठुलो राज्यको रकम जनताका प्रतिनिधी र उनीहरुले गरेको नियुक्ति ,मनोनीतहरको तलब,भत्ताको खर्चमै गईरहेको छ यसरीनै देशको आर्थिक अवस्थाले राज्य व्यबस्थाको सञ्चालन खर्च थेग्लारु रेमिटेन्स र राजश्वको स्रोतले कहिले सम्म राज्य र व्यबस्था चलाउने किन हामीले देशको उत्पादन र पुजी निर्माणका लागि ठोस कार्यक्रम ल्याउन सकिएन्न।देशमा कुल उत्पादन क्षमता र प्रतिव्यक्ति आयको जीर्ण अबस्था तसर्थ ब्यबस्था परिबर्तन संगै हाम्रो चिन्तन्न र मानसिकता के यस्तै रहिरहने सबैलाई अब राज्य व्यबस्था सञ्चालनमा बिज्ञ्यको सहभागिता, शासन,शुसान र नैतिकता आचरण सामाजिक र आर्थिक पक्षका व्यबहारिक स्पष्ट योजना आउनु पर्छ र अर्को कुरा पार्टिगत नेता र कार्यकर्ताको जीवन शैलीमै गम्भीर प्रश्न उठेको छ र यस्तो हुनुमा पहिलो कारण सार्वजनिक पद र हैसियतमा रहेकाहरुको लापरबाही र मनपरी रुपमा राज्य सञ्चालन गर्नु नै हो। जनतालाई जुक्याउने काम भएको छ किनकी यहाँ नैतिक शिक्षा पढेका, लेखेका जान्ने बुझ्ने हुँ भन्नेहरु बाटनै यो देश लुटिएको छ किनकी शक्ति,सत्ता र पदमा तिनीहरुनै हुन्छन् चाहे निर्वाचित,मनोनीत यहाँ नियुक्ति यसो भनिराख्दा ती जनताका सेवक कर्मठ इमानदार केही जनप्रतिनिधि कर्मचारी र नेतालाई असर नपरोस् तर धेरैको समूह यो मिलिजुली खानेहरुको समूहलाई गर्दा देशले यो परिणाम भोग्नु परेको छ जब सम्म बाध्यकारी कानुन मार्फत सार्बजानिक अपराध भ्रष्टाचार कमिशनको खेल गर्ने यस्ता नलायक नेता र शासकलाई सिदै मृत्यु दण्ड ल्याउने कानुन व्यबस्था र एक दुई जनालाई झुन्नादैन तब सम्म यी आशीर्बादले नेता बनेका अनि पार्टिले जबर्जस्त लादेर टिकट पाएर राम्रा कार्यकर्ताको त्याग र बलिदान लाई अस्त्र बनाएर जनप्रतिनिधि भएकाहरुले सत्यलाई पचाउन सक्दैन्न यिनीहरु आशामा बाच्ने बानी परेको छ यिनीहरुको ।चाकडीको लत लागेको छ पहिला राजा महाराजाको त्यसपछी राजनैतिक दलको अहिले ठेकदार NGO-INGO हरुको।

शुद्धता र आचरणको कुरा गर्दा कति सम्म पचाउन सक्ने भन्ने प्रश्न जोडिएको छ। नेपालका राजनैतिक दल भित्र पनि आन्तरिक राजनितिमा अलि फरक बिचार आउना साथ आक्रमक रुपमा प्रहार गर्नु र बृहत् छ्लफल भन्दा गुटगत मानिसिकताबाट राज्यका सबै अबयबहरु सन्चालन गर्न खोज्नु, योगदान र त्याग योग्यताका आधारमा मुल्याङ्कन प्रणालिको ठाउमा चाकरी र चाप्लुसी गर्नेको बोलवाला हुनुले सस्था कमजोर हुन्छ।कमजोर सस्थालाइ जति सुकै सानो भाइरसले पनि चाडै आक्रमण गर्छ। यस्ता बिकृतिको समीक्षा सहित सुधार गरि बढदा अपबाह र प्रहारलाइ सजिलै जित्न सकिन्छ र यहाँ शिक्षक वकिल न्यायधिस कर्मचारी सबै पार्टीका अनि आम जनसमुदायलाई फुस्रो प्रतिबद्धता र मीठो नेताको भाषण र सिद्धान्तको किताबरुअब यो व्यवस्था परिवर्तनका नारा लगाउने हरुले देशमा कार्यकारी प्रमुख प्रत्यक्ष जनताको मत बाट आउनु पर्छ संसद मन्त्री हुन नपाउने र राज्यको पैसा संसद कोषमा दिन नपाउने व्यबस्था लियौ सांसद ठेक्दार बनाउन पाईदैन्न ,हरेक क्षेत्रमा ५१५ ले जित्ने व्यबस्था होस ताकी धेरै मतले हैन, राज्यको तलब खानेले दलगत राजनिती गर्न नपाईने,हरेक नागरिकले बिदेश जानू पुर्व २ बर्ष योगदान गर्नु पर्ने आवश्यक परे जनताले आफ्नो मत मार्फत नेतालाई रिजेक्ट गर्न पाउने व्यबस्था र कानुन ल्याउ सरकार सक्छौं भने किन सधै यही फोहोरी दलगत राजनीति किन यति कमजोर व्यबस्था किन ठुला लाई चहिन र सानालाई ऐन यसकै लागि थियो मुक्ति आन्दोलन।अन्ततस् व्यबस्थको नाम परिवर्तन सगै हाम्रा नेता र नेतृत्वको व्यबहारिक कार्यशैलि बिगतका सामान्ती शासक जस्तै रहयो ,आखीर जनता झुक्याउने खेल भयो सधै नेताले जित्ने जनता हार्ने व्यवस्था।
धनकुटा, हाल : कतार।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी