साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला, भर्चुअलरूपमा कार्यक्रम आयोजित

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला, भर्चुअलरूपमा कार्यक्रम आयोजित

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौँ , ६ भदौ ।

साहित्य सन्ध्याको ४०८औँ नियमित शृङ्खलामा आज राष्ट्रियता र समसामयिक विषयका साहित्यिक रचना प्रस्तुत गरिएका छन् ।
भर्चुअलरूपमा आयोजना गरीएको गोष्ठीमा शान्ता मानवी, प्रा डा कृष्णचन्द्र शर्मा, नर्मदेश्वरी सत्याल, कात्यायन, परशुराम पराशर, नारायण परिश्रमी, रूपक अलङ्कार, डम्बर पहाडी, गोपाल मैनाली, गणेश मार्मिक, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, गोमा कटुवाल, यादव भट्टराई, गायत्रीकुमार चापागाईँ, भारद्वाज मित्र, रामदेव पाण्डेय, सीताराम नेपाल, प्रमोद स्नेही, सरस्वती चिमोरिया, ललिता दोषी, नन्दु उप्रेती, देबु लुइँटेल, श्याम सापकोटा, उपेन्द्र सहनी, विधान आचार्य, शान्ता दाहाल, शर्मिला बुडाथोकी, पुण्यप्रसाद खरेल, राम विनयले आ–आफ्ना समसामयिक कविता, गीत र हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि समीक्षा गर्दै प्रा डा शर्माले कोरोना कहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाढ्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई रचनाले उजागर गरेको बताउनुभयो ।
वाचित सिर्जनाले वाचित कवितामा राजनीतिमा सिद्धान्त र आदर्श हराएकोप्रति चिन्ताभाव र छिमेकीको मिचाहा प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त गरिएको प्रा डा शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी