काठमाडौंमा १६ र भक्तपुुरमा २० सहित ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा १६ र भक्तपुुरमा २० सहित ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौँ , ५ भदौ ।
काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना सशस्त्र प्रहरी बल(एपीएफ)का प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजीव अर्यालले भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।
डिआइजी अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा कोरोना देखिएको हो ।
गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए ।
सिमा सिल गर्ने क्रममा काठमाडौंबाट उनीहरु तराईका विभिन्न जिल्लामा गएका थिए ।

त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी गरिएको प्रवक्ता अर्यालले बताउनु भयो ।

पछिल्लो समय सुरक्षाकर्मीमा र स्वाीथ्यकर्मीमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ