आइसोलेसन बेडको अभावमा अस्पताल नलगी ‘होम आइसोलेसन’ मै राखिएको कोरोना संक्रमित पुरुषको मृत्यु

आइसोलेसन बेडको अभावमा अस्पताल नलगी ‘होम आइसोलेसन’ मै राखिएको कोरोना संक्रमित पुरुषको मृत्यु

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

विराटनगर , ५ भदौ ।
विराटनगर महानगरपालिका–६ सरोचियामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा आइसोलेसन बेडको अभाव भएकाले अस्पताल नलगी ‘होम आइसोलेसन’मै राखिएको थियो ।
बुधबार रिपोर्ट पोजिटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिनुभयो ।

रिपोर्ट पोजिटिभ आएपनि कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसन’मै राखिएको थियो। ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो,’ वडा अध्यक्ष कामतले भने, ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनु परेको थियो ।’

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ।
विराटनगरमा हाल सम्म ९ जनाको ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ