नेपाल भारतको विवादीत सीमा क्षेत्र नजिक अब क्षेप्यास्त्र तैनाथ गर्ने तयारीमा चीन ?

नेपाल भारतको विवादीत सीमा क्षेत्र नजिक अब क्षेप्यास्त्र तैनाथ गर्ने तयारीमा चीन ?

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भदौ ५ काठमाण्डौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकसगँ जोडिएको क्षेत्रमा चीनले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र तैनाथ गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
यस अघि सो क्षेत्रमा चीनले एक हजार अतिरिक्त सेना तैनाथ गरिसकेको छ ।
ओपन सोर्स ईन्टेलिजेन्स डटे्रस्फाले स्याटेलाईट तस्वीरमा चीनले क्षेप्यास्त्र राख्न साईट निर्माण गरीरहेको दाबी गरेको छ ।
तस्वीरमा दाबी गरिए अनुसार मानसरोबर झिल क्षेत्रमा उक्त क्षेप्यास्त्र तैनाथ हुने छ ।
लिपुलेक नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु समेत पर्दछ ।
भारतले तिव्वतको मानसरोबर जोड्न नेपाली भूमि लिपुलेकमा सडक बनाए पछि कडा बिरोध हुदै आएको छ ।
नेपालले यसमा आपत्ति जनाउदै वार्ताको प्रयास गरे पछि अझै सम्म सीमा वार्ता हुन सकेको छैन ।
चीन र भारतबीच पनि ३५ सय बढी किलोमिटर क्षेत्रमा सीमा विवाद रहदै आएको छ ।
जुन १५ मा दुबै देशबीच भएको हिंशात्मक झडपमा २० जना भारतीय सेना मारिए पछि सीमा क्षेत्रमा दुबै देशले सेना र हतियारको तैनाथी तीव्र पारेका छन् ।
यद्यपि, वार्ता समेत उनीहरुले जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ