प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाख राहत दिइने

प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाख राहत दिइने

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सुदूरपश्चिम, ४ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । धनगढीमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनलगायत काम गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु एक करोड उपलब्ध गराउने निर्णय गरेको बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो ।

प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको खर्च प्रदेश सरकारले व्यहोर्ने, बाढीपहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट कृषि क्षेत्र र भौतिक पूर्वाधारका संरचनालगायतमा पुगेको क्षतिसम्बन्धी प्रतिवेदन विषयगत मन्त्रालयले तयार पार्ने र सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले तत्कालीन र दीर्घकालीन योजनामार्फत सम्बोधन गर्ने निर्णयसमेत गरिएको छ ।

प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेलधुरा र दार्चुला जिल्लामा गत असार महिनादेखि हालसम्म बाढीपहिरो, डुबान जस्ता प्राकृतिक विपद्का कारण ६४ जनाको मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ