झापा , ४ भदौ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–२ का २२ वर्षीय विशाल रिजाल रहेको प्रहरीले जनाएको छ ।
करेन्ट लगाइ माछा मार्ने क्रममा विशाल रिजालको मृत्यु भएको छ । स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline