वीरगन्जमा उपचाररत कोरोना संक्रमित ७४ वर्षीय पुरुषको मृत्यु

वीरगन्जमा उपचाररत कोरोना संक्रमित ७४ वर्षीय पुरुषको मृत्यु

  • बिहिबार, भदौ ४, २०७७
  • दिपक चौरसिया

  • 9.1K
    SHARES

वीरगन्ज , ४ भदौ ।

वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो। यो सँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

साउनमा मात्रै २९ जनाको मृत्यु भएको हो । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार साँझ ६ : ४५ मा मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३२ मध्ये पर्साका २४, बाराका ५ र रौतहटका २ हुन्।

जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका युवकको भने पहिचान खुलेको छैन क्षयरोग, मधुमेह र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा लगेर भर्ना गरिएको थियो।

उपचारका क्रममा बुधबार उनको स्वाब संकलन गरेर परिक्षण गर्दा कारोना पुष्टि भएपछि उनलाई बुधबार राति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। अस्पतालको आइसीयूमा भर्ना गरिएका उनको स्वास्थ्य झन बिग्रिएपछि बिहीबार साँझ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ