घुम्ती कोषबाट रकम पाएपछि अब आर्थिक अवस्थामा सुधार आउने पाचथँरका कृषकको अपेक्षा

घुम्ती कोषबाट रकम पाएपछि अब आर्थिक अवस्थामा सुधार आउने पाचथँरका कृषकको अपेक्षा

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

पाँचथर, ४ भदौ ।
घुम्ती कोषबाट रकम पाएपछि जिल्लाको कुम्मायक–२ माङजाबुङकी दीपमाला कुँवरको अपेक्षा -“अब अर्को भैंसी किन्छु , सहकारीले राम्रै मूल्य दिएर दूध खरिद गर्ने भनेको छ” ।” कुँवर जस्तै स्थानीय जनकल्याण कृषि सहकारी संस्थामा आवद्ध ४५ जना महिलाले पशुपालनका लागि घुम्तीकोषमार्फत उक्त रकम पाएपछि पशुपालनबाटै जिविकोपार्जनमा बद्लाव ल्याउने अपेक्षा गरे । “हामी महिलाको आर्थिकस्तर उकास्न केही हुन्छ कि भन्ने अपेक्षाले सहकारीमा लागेकी थिएँ”, कुँवरले भन्नुभयो, “गाई भैंसी पाले सबै खालको सहयोग गर्ने बचन पाउँदा साह्रै खुशी छु ।”

गुड नेइवर्स इन्टरनेशनल र किङ्ग वाउण्डेन फाउण्डेसन नामक विदेशी दातृ संस्थाको सहयोगमा यहाँको मिलन केन्द्र नेपाल नामक संस्थाले स्थानीय सहकारीहरुमार्फत पशुपालनमा सहयोग गर्दै आएको छ ।
यही क्रममा कुम्मायक–२ को जनकल्याण कृषि सहकारीबाट ४५ जना महिलालाई रु।४० हजारका दरले घुम्ती कोषको रकम उपलब्ध गराइएको हो । व्यवस्थित पशुपालनको सुरुआत गरे प्रत्येक कृषकले गोठ निर्माणका लागि रु। १७ हजार तथा रु। १० हजार अनुदान समेत पाउने भएपछि महिलामा खुशी छाएको हो । “भैंसी पालनमा अझै मेहनत गरेर राम्रो आम्दानी गर्छु भन्ने लागेको छ”, स्थानीय मञ्जुला लावतीले भन्नुभयो, “अहिलेसम्म यस्तो सहयोग पाएको थिइन् । अब घुम्तीकोष फिर्ता गर्ने मात्रै होइन्, परिवारले पनि राम्रो आम्दानी गर्छौँ भन्ने लागेको छ ।”

यहाँकी रुपा शेर्मा पशुपालन गरे फाइदा–फाइदा हुने सुनेर दङ्ग हुनुहुन्छ । “गाईभैंसीको दूध बिक्री गर्ने जिम्मा हाम्रै सहकारी र मिलन केन्द्रले लिने रहेछ । गाईभैंसी पाल्न प्राविधिक जानकारी, उन्नत घाँसको बिउसमेत पाइने रहेछ”, शेर्माले भन्नुभयो ।

जिल्लाको फाल्गुनन्द गाउँपालिकाका चार वटा वडामा सञ्चालित दूग्ध मूल्य श्रृङ्खला विकास परियोजना चरण–२ यस आर्थिक वर्षदेखि कुम्मायक–२ तथा मिक्लाजुङ–५ मा विस्तार भएको हो । दुई वर्षदेखि परियोजना फाल्गुनन्द गाउँपालिकाका वडा नं. १–४ मा सञ्चालित छ ।

परियोजनाअन्तर्गत हालसम्म ३३५ कृषकले घुम्तीकोषको रकम प्राप्त गरेको परियोजना सञ्चालक मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिनुभयो । यी कृषकमध्ये १५० जनाले प्राविधिक सहयोग तथा ५५ जनाले रु।५० हजार लागतको गोठ निर्माणका अनुदान रकम प्राप्त गरेका छन् ।
परियोजनाले पाँचथरमा हालसम्म चारवटा दूग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

महिला कृषकलाई कृम्तीकोषको रकम हस्तान्तरण गर्दै मिलन केन्द्रका सल्लाहकार समेत रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले घुम्तीकोषको रकम न्यून ब्याजदरमा परिचालन हुने भएकाले कृषकले ठूलो लाभ लिनसक्ने वताउनुभयो । “कृषक आवद्ध सहकारीले नै ब्याजदर निर्धारण गर्न सक्छ”, नेम्वाङले भन्नुभयो, “घुम्तीकोष सधैँका लागि सहकारीमै रहने भएकाले सबै कृषक व्यावसायिक बन्ने मौका मिल्छ ।” कृषकलाई पशुपालनमा जोड्दै लैजान सके रोजगारी सिर्जना, मद्यपान सेवन, झै–झगडालगायत विकृति अन्त्य गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । उत्पादित दूग्धजन्य सामग्री बिक्रीको जिम्मासमेत परियोजनाले नै लिने भएकाले कृषकले कुनै समस्या भोग्नु नपर्ने नेम्वाङको भनाइ थियो ।

रकम हस्तान्तरण गर्दै कुम्मायक गाउँपालिकाकी उपाध्यक्ष सीता आचार्यले स्थानीय तहबाट हुन नसक्ने सहयोग तथा लगानी दातृ निकायबाट प्राप्त हुनु सुखद् रहेको भन्दै व्यावसायिक पशुपालनका लागि गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो ।
जनकल्याण कृषि सहकारी संस्थाकी अध्यक्ष राधा निरौलाका अनुसार वि .सं. २०६३ सालमा स्थापित उक्त सहकारीमा ६०१ जना शेयर सदस्य छन् । सबै शेयर सदस्य महिला मात्रै छन् । उक्त सहकारीको कुल पुँजी रु. १ करोड ३ लाख रहेको छ । अध्यक्ष निरौलाले पशुपालनमार्फत महिलाका आर्थिक विकासमा ठूलो बद्लाव आउने अपेक्षा गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी