रौतहट, ३ भदाैं । रौतहट जिल्लामा अज्ञात समुहले गोलि प्रहार गरि मन्दिरको पुजारीलाई हत्या गरेका छन । माधवनारायण नगरपालिका वडा नं. २ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको हाे ।
खाना खाईरहेको अवस्थामा उनलाई अज्ञात समूहले करिब ९ः१५ बजेको समयमा गोली हानि हत्या गरेको प्रहरीले बताएकाे छ ।
उनको कन्चटमा गोली हानेर हत्या गरिएको छ । घटना भएलगत्तै अहिले एसपी सहितको टोली घटनास्थल पुग्न लागेको हो । कोरोना सक्रमित भेटिए पछि हिजो मात्रै नगरपालिका शिल गरिएको थियो।
पुजारी श्रीराम साह खाना खादै गरेको अवस्थामा अज्ञात समुहले गोलि हानी हत्या गरेको स्थानीयले जानकारी दिएका छन ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खडकाले गोलि हानी हत्या गर्ने समुहको खोजी भइरहेको र यस बिषयमा अनुसन्धान गरिरहेको बताउनु भयो ।