क्वारेन्टिनमा बसेका १६ जना प्रहरीमा कोरोना संक्रमण

क्वारेन्टिनमा बसेका १६ जना प्रहरीमा कोरोना संक्रमण

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पोखरा, भदौ ३ ।
पोखरामा थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै प्रहरी स्याङ्जाबाट पाँच दिनपहिले पोखरा फर्किएका थिए । उनीहरु मालेपाटनस्थित कृषि तालिम केन्द्रको ‘क्वारेन्टिन’मा बसेको स्रोतले जनाएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार स्याङ्जाका प्रहरीलाई कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको थियो । त्यसपछि पटक-पटक गरेर पोखराबाट २५ जना प्रहरी सुरक्षाका लागि स्याङ्जा गएका थिए ।

उता, बुधबार साँझ नै बागलुङमा थप आठजनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण दर बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ