प्यूठानमा विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सवै विरामी

प्यूठानमा विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सवै विरामी

  • मङ्लबार, भदौ २, २०७७
  • सरद सागर देबकोटा

  • 8.5K
    SHARES

दाङ २ भाद्र  । प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सवै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो ।

घरमै उपचार गराइरहेका उनीहरुमध्ये दुई छोराको सोमबार राती उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर विरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उनकी श्रीमती ३० वर्षीय लिला घर्ती, र छोरा १७ वर्षीय शशि घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।

नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिए । “च्याउ खाएकै साँझबाट विरामी परेका रहेछन्” उनले भने, “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सवै सदस्य विरामी परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ