भदौ २ नेपालगञ्ज । रुपैडिहा नाकाबाट भित्रिरहेको दुध, माछा र हरियो तरकारी ल्याउन प्रतिवन्ध गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबारको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक रामबहादुर कुरुम्बाङले भारतीय माछा, दुध र हरियो तरकारी आयातमा पुर्ण रुपमा रोक लगाइएको बताए ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सव्जी, माछा र दुध आयातमा रोक लगाउन पहिला देखि नै सुझाव आईरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline