नेपालमा आज ५ सय ८१ जना कोरोना संक्रमित थपिए, कुल २७ हजार नाघ्यो

नेपालमा आज ५ सय ८१ जना कोरोना संक्रमित थपिए, कुल २७ हजार नाघ्यो

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

भदौ १ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा देशभरका ३९ वटा ल्याबमा ११ हजार ३ सय २० जनामा गरिएको परीक्षणमा ५ सय ८१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
आज उपत्यकामा मात्रै एक सय ६८ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।
देशभर सक्रिय संक्रमित ९ हजार ६ सय ३९ जना रहेका छन् । त्यस मध्य अस्पताल अन्तर्गतका आईसोलेसनमा ७ हजार ३८ जना रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेका छन् ।
यस्तै आज एक सय ६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

हाल सम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना रहेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी