सम्पुर्ण परिवर्तनका पक्षधर मानुभावहरु, नेपालको राजनितिक आर्थिक ,सामाजिक र सास्कृतिक अवस्था ,राज्य व्यवस्था भित्र का सामन्ती सस्कृतिका नवअवसरवादि लम्पट सर्वहारा अधिनायकवादि फिरंगि दलाल राष्ट्रवादि,दलाल पुजिवादि,सामाजिक दलाल पुजिवादि नेता तथा दल र मातहतका वफादार झोलेहरुका कारण संकटमाथि झन संकट थुपार्ने काम गरिरहेका छन, कर्मचारी नियुक्त ,सरुवा ,वढुवा शिक्षा ,स्वास्थ्य ,सञ्चार,यातायात , वन तथा वातावरण, विकास निर्माण,विपत व्यवस्थापन ,रोजगार,उद्योग व्यापार,उत्पादन आयात र वजारिकरणमा पनि सामाजिक दलाल पुजिवाद,निगम पुजिवाद र दलाल नोकरसाह पुजिवादका कारण सम्पुर्ण राष्ट्र ,निकाय,पक्ष तथा राष्ट्रिय उद्योग व्यापार क्षेत्र पनि त्यो भन्दा फरक छैन।यसकारण यो व्यवस्था तथा सरकार संचालनका मतियारहरुले देश र जनताको प्रतिनिधित्व गर्न नसक्ने स्पस्ट देख्न्छि।
विपत्ति का वेला जनतामा उत्पन्न समस्या
कोरोना महामारिका कारण विश्व आक्रान्त भएको बेला नेपाल पनि यसको भागेदारि बनिरहेको छ,जनताको भोक शोक र चिन्ताले दिन प्रति दिन मृत्युको संख्या थपिरहेको छ , तर यो कम्युनिस्टको दुई तिहाइको कथित कम्युनिष्ट केपि सरकारले क्वारेन्टाइन र लकडाउनको नाममा नेपाली जनतामाथि लासको कात्रो माथि कमिसनको व्यापार गर्न खुलेआम दिईरहेको छ । यसले सरकार जनताबाट नागिदै गएको छ । यो अन्ततोगत्वा कसैलेपनि कल्पना नगरेको स्थितिमा महापतन हुने प्राय निस्चय छ,उता अविरल वर्षाले देश भरको विभिन्न ठाउहरुमा वाढि र पहिरोका कारण नसोचेको मानविय तथा अन्य भौतिक छेतिको सिमा नै छैन । तर सरकार केवल पद र कुर्चिको लुछाचुडिमा केन्द्रित रहेको छ,यता अस्पतालमा भेन्टिलेटर छैन,कोरोना सँक्रमितलाई आईसोलेसन, क्वारेन्टाईन छैन,बाढी पिडितलाई सहयोग छैन,विदेश तथा स्वदेश वाट घर फर्किने नेपाली फर्किन पाएका छैनन । ज्याला मजदुरि गरि जिविको पार्जन गर्ने व्यरोजगार गरिव मजदुरहरुलाई रोजगारको श्रिजगा त के भएको गुजरा वाट पनि लकडाउनले खोसिदिएको छ। केवल सिमित समयको लागि कार्यलय खुल्ला गरि आफ्नो अनुकुलतामा मुठिभर शासक र नजिकका आसेपासे अनि संगठनका निमित्त कर असुलि गर्न तथा राज्यको रकम दोहन तथा वर्मलुट मच्चाउन योजना मिलाउन वडो संकास्पत अनि हास्यास्पद तरिकाले निस्चित समयका लागि लकडाउन गरियो र खुकुलो पनि वनाईयो । यसले ज्याला मजदुरि गरिखाने गरिव नेपाली जनतालाई प्रत्यक्ष प्रतिकुल असर परिरहेको छ, दैनिकि गुजारा चलाउन समेत धौधौ परेको छ,शिक्षाको त कुरै छाडौ अव त विद्यार्थीलाई कलेज,स्कुल र किताब अनि परीक्षा को कुरा गर्यो भने पनि स्पस्ट राज्यको लापरबाही को दोस लगाउने गर्दछन जसका कारण भविस्य डामाडोल भएको संकेत उद्घोष गर्दछ । शहर वजारमा डेरा गरि जीविका सञ्चालन गर्ने साना व्यपारिहरुलाइ असर परिराखेको छ । कसरी भाडा तिर्ने ,बाल बच्चालाई कसरी पाल्ने अनि कसरी साहुको, अर्थात बैंकको ऋण तिर्ने भन्ने विषयमा। यी त केही उदाहरण मात्रै हुन । स्वदेशि पुजि लगानि कर्ता समेत उच्च जोखिममा रहेको कुरा हामी समय समयमा सञ्चार माध्यमबाट पीडा सुन्ने गरेका छौ।
सासकको यथार्थ चरित्र
जवसम्म शासन सत्ता र व्यवस्थामा साम्राज्यवाद को आढभरोसामा देशीय शक्ति सामाजिक दलाल पुजिवादको संसदिय व्यवस्था टिकिरहन्छ त्यसले राष्ट्रिय स्वतन्त्रता ,स्वाधीनता र जनजिविकाको सवालमा काम गर्दैन । नेपाली जनताको आर्थिक जीवनस्तर सुधारमा योगदान गर्दैन सत्तालाई आफ्नो स्वार्थको साधन वनाउने,प्राकृतिक श्रोत साधनमा आधारित कच्चा पदार्थमा दलालि गर्ने,राष्ट्रिय उत्पादनका उद्योगलाई विस्तापित गराउदै आयातित सामानलाई प्रश्रय दिने ,निरन्तर देशको आर्थिक संकट टार्न बाह्य ऋण लिदै स्वार्थ पूरा गर्ने,बाह्य सहयोग अनुदान रकमलाई आफ्ना वरिपरिका झोले भजने कृतने दलालहरुलाई आन्तरिक रुपमा उपलब्ध गराई कमिसन खाने , राष्ट्रवादि परिवर्तनकारी शक्तिलाई आफ्नो कालो कर्तुतको पर्दाफास गराउने देखेपछि दमनकारि नीति अवलम्बन गर्ने तथा गराउने,खनिज पदार्थ निर्माण यातायात ,आयात निर्यात लगायतका क्षेत्रमा विना रोकतोक साम्राज्यवादी दलाल र नेपालि दलालको साठगाठलाई निरन्तरता दिई आन्तरिक सम्झौता गराई कमिसन खायर आफ्ना दलाल हरुलाई मजबुत गराउने जस्था तमाम किसिमका दलाल संसदिय चरित्र भएकोले यो व्यवस्था को अन्त्यहुन जरुरि छ। त्यसका लागि प्रगतिसिल देशभक्त परिवर्तनकारी शक्ति ,मालेमावादि विचारक,राष्ट्रिय उद्योगी ,राष्ट्रवादि कर्मचारी ,सुरक्षा निकाय,नागरिक समाज ,पत्रकार ,मानवअधिकारवादि,आम अौधोगिक पुजि निर्माण गर्ने साना स्वरोजगार व्यवसायि देखि लियर ठुला उद्योगि व्यवसायिहरुलाइ लगायत अन्य सरोकारवाला निकाय समेतलाई राजनितिक,आर्थिक ,सामाजिक,परिवर्तनका लागि एकताबद्ध भई अगाडि बढ्न वर्तमान परिस्थिति मा अपरिहार्य आवस्यकता भएको देखिन्छ ।
वैदेशिक दलाल निगम पूजी
दलाल पुँजीवाद पनि एउटा समाजिक व्यवस्था नै हो । यो व्यवस्था सामन्तवाद र साम्राज्यवादको गठजोडमा बन्ने एक प्रकारको विकृत पुँजीवादको रुप हो । यसको चरित्र घोर दलाली र आत्मसमर्पणवादी हुन्छ । यो व्यवस्था परनिर्भर र परजीवि प्रकारको हुन्छ । यो पुँजीवादकै एक रुप हो ।यो साम्राज्यवादको नयाँ अर्थनीतिसँग जोडिएको हुन्छ । विगतका नीतिहरूले काम नचलेपछि वा अपूर्ण बन्न पुगेपछि पुँजीपति वर्गले आफ्नो आर्थिकअधिकारलाई बलियो पार्न र चारैतिर फैलाउन निगम पुँजीको विकास गरिएको हुन्छ। निगम पुँजीको मूल चरित्र भनेको एउटै डालोभित्रबाट एकीकृत योजनाद्वारा सम्पूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने रहेको हुन्छ । यसले एकै ठाउँबाट पुँजीको उत्पादन, विनिमय र वितरणलाई परिचालन गर्छ ,चाहे कारखानाहरू होस्, चाहे बैङ्क होस्, चाहे बजार, चाहे विज्ञापन, सूचनामाध्यम ९रेडियो, टीभी, पत्रिका, अनलाइन आदि० चाहे कार्यकारी सरकार, कर्मचारी, पार्टीहरूलाई नै होस्, सबैलाई सञ्चालन गर्छ । पछिल्लो समयमा अमेरिकाको ओबामा सरकार र भारतको मोदी सरकारको निर्माण र सञ्चालन पनि निगम पुँजीवादले गरिरहेको विश्लेषण गरिएको छ । मोदीको चुनाव र विजयलाई त खुलेआम अम्बानी ग्रुपसँग जोडेर गरिएको छ । निगम पुँजीको चरित्रलाई हेर्दा यसलाई भोको अजिङ्गरसँग तुलना गर्न सकिन्छ जसले अगाडि परेका सबै जीवलाई आहारा बनाउँछ ।
राष्ट्रिय पुजी
सम्पुर्ण परिवर्तनकारी राष्ट्रप्रेमि देशभरका देशभक्त, क्रान्तिकारी तथा परिवर्तनका पक्षधर मान्यवरहरु, वास्तवमा राष्ट्रिय व्यवसायी हरु देशको अर्थतन्त्रको मेरुदण्ड हुन चाहे साना हुन या ठुला ,हरेकले आफ्नो गति अनुसारको व्यरोजगारि लाई रोजगार श्रृजना ,उत्पादन तथा वजारिकरणमा सहुलियत ,आयात तथा निर्यातमा सहजिकरण गरेका हुन्छन ,तर यो नवअवसरवादी ,अधिनायकवादी सरकार सञ्चालक माक्स र लेनिनको वाहिरि आवरणमा खोल ओढेका कमाउनिस्ट हरुले राष्ट्रिय उद्योगी व्यापारिलाई अर्थतन्त्रको मेरुदण्ड मान्न तयार छैनन ,साना व्यवसायि देखि लियर सवै प्रकारका उद्योगी व्यवसायिहरुलाइ विभिन्न माध्यम वाट पुरस्कृत गर्नुको सट्टा दन्ड दिने काम गरि रहेको छ । राष्ट्रिय उत्पादन लाई विस्थापित गराउन कथित लकडाउनको वाहाना वनाई कलकारखाना हरु बन्दको प्रबन्ध मिलाउदछ,तथा राष्ट्रिय उत्पादन र उद्योगपति लाई टाट पल्टाइ वैदेशिक निगम पुजि भित्र्याउन विदेशि दलाल हरुसंग साटकाट गरि वस्तु आयात गरि वजारिकरण गर्न झोले तथा भक्तहरुलाइ प्रश्रय दिने गर्दछन।
दमनको नीति
राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा समेत आफ्नो दलाल छवि कायम गरीरहेको नालायक ओली सरकारका हरेक गतिविधि लाई जनता सामु निरन्तर एक पछि अर्को चिरफार गर्न तथा नेपाल र नेपालिको समृद्ध र विकास का निम्ति जनतालाई जागरुक तथा सचेत गराउदै दमनका विरुद्ध प्रतिरोध गर्ने अठोट संकल्प का साथ जनताका माझ क्रियासील रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का नेता तथा कार्यकर्ताहरूलाई अपहरण सैलिमा गिरप्तार गरि जेल यातना दिदैमा ,जेल र झूट्टा मुद्दाले क्रान्तिलाई र क्रान्तिकारी का वुलन्द आवाजलाई कमजोर पार्न सक्दैन, बरु क्रान्तिले दमनकारी र अन्यायपूर्ण जेल र हिरासतलाई विस्थापित गर्नेछ । हामीले कल्पना गरेको वैज्ञानिक समाजवादको स्थापनाले सामाजिक न्यायलाई नयाँ उचाइमा स्थापित र विकास गर्नेछ जहाँ सभ्य, वैज्ञानिक र न्यायपूर्ण राज्यव्यवस्था हुनेछ त्यहाँ जेल र हिरासतको आवश्यकता नै पर्नेछैन ।
हामीलाई थाहा छ संसोदनवाद र अवसरवाद सँगको संघर्षमा बिजय भएर नै माक्र्सवाद जन्मेको हो र अन्तराष्ट्रिय सँसोधनवादी हरु सँग लडेर नै लेनिनवाद जन्मिएको हो अनि अन्तराष्ट्रिय सँसोधनबादी हरु र चिनिया नब सँसोधनवादी सँग लडेर माओवाद जन्मिएको हो नेपालका सन्दर्भमा लम्पट सर्वहारा अधिनायकवादी सँसोधनवादी ,नब सँसोधनवादीहरु र दक्षिणपन्थी बिसर्जनवादिहरुका बिरुद्ध को सँघर्स बाट नेपाली विशिष्टताको मालेमावादि जन्मियो जो नेपाल कम्युनिस्ट पार्टी विप्लव हो। यहाँ कुनैपनि इतिहासको मुल्यांकनको बैज्ञानिक बिधि माक्र्सवादका आनुसार ऐतिहासिक भौतिकवाद हो । दक्षिणपन्थी बिसर्जनवादका बिरुद्ध जिवनमरणको संघर्षद्वारा तिनलाई पराजीत गरेर मात्र माहान एकीकृत जनक्रान्ति को कार्यदिशा लिएर आगाडि बडेको नेकपा विप्लव राष्ट्रको बैकल्पिक क्रान्तिकारी कम्युनिस्ट शक्ति हो। प्रतिक्रन्तिका बिरुद्ध संघर्ष गर्दै २१ औँ शताब्दीमा क्रान्ति सम्पन्न गर्ने तथा प्रतिक्रान्ति को खतरा लाई रोक्ने उदेश्यबाट नगल्ने नथाक्ने र नढल्ने अविचलित खम्बा हो नेकपा ।
यसकारण सत्ता,श्रोत,साधन सवै क्षेत्रमा रहेका दलाल पुजिवादका विरुद्ध वैचारिक,राजनैतिक ,सैद्धान्तिक र साङगठनिक रुपमा राज्यका तमाम निकाय लगायत उद्योग व्यापार क्षेत्रमा एकीकृत औद्योगिक विकास जनहितकारि व्यवशायीक नीति,निर्माण गर्न ,पुजिको विकासका लागि आम राष्ट्रिय उद्योगी , क्रान्तिकारी शक्ति , राष्ट्रवादि ,व्यवसायिहरुको रक्षा विकास र सुरक्षा गर्न एकीकृत जनक्रान्तिमा सहभागी बनौ । फेरिपनि म दोहोर्याएर भन्दै छु कतिपयलाइ लाग्न सक्छ जहिले ,जहाँ,जतिखेर पनि एकीकृत जनक्रान्ति भन्छन केहो यो भनेर रु हो हामिले भन्ने गरेकाछौ एकीकृत जनक्रान्ति भनेको मार्क्सवाद , लेनिनवाद , माओवाद ( शसस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धका आधारभुत सार्वभौमिक पक्ष बल प्रयोगको अनिवार्यता र वर्गीय अधिनायकत्व सहित समकालीन परिवर्तित समाज अन्तर्गत नगर समाज , मध्यम वर्गको विकास , विज्ञान र प्रविधिको विकास , नेपाली सामाजको मिश्रित बनौट , राष्ट्रवादी धारा , दलाल पुँजीवाद र भुपरिवेष्ठितता आदि जस्ता नयाँ विशेषतालाई सम्बोधन गर्दै विकसित नेपाली क्रान्तिको नयाँ कार्यदिशा नै एकीकृत जनक्रान्ति को कार्यदिशा हो ू। दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्न, जनवादी राज्यसत्ताको स्थापना गर्न ,उत्पीडित वर्ग, जाती, लिंगलाई अधिकार सम्पन्न बनाउन,जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवादतिर अग्रसर गराउन,साम्राज्यवादी र विस्तारवादी मुख्यतः अमेरिकन साम्राज्यवादी तथा भारतीय साम्राज्यवादी हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रको निमार्ण गर्न हामी समस्त परिवर्तनकारी नेपालि हरु एकजुट हुनुको विकल्प छैन ।