नागरिकको स्वास्थ्यप्रति ध्यान दिन इन्सेकको आग्रह

नागरिकको स्वास्थ्यप्रति ध्यान दिन इन्सेकको आग्रह

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौँ, ३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नागरिकको स्वास्थ्यको अधिकारप्रति जवाफदेही हुन सरकारसँग आग्रह गरेको छ ।

इन्सेकले जारी गरेको प्रेस विज्ञप्तिमा अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन नमिल्ने उल्लेख छ । “कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारका रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ ।”

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा यही साउन ३१ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १०२ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पताल अस्वीकार गरेका घटना सार्वजनिक हुँदा उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् ।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दरसमेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित रुपमा परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ