साउन ३२ काठमाण्डौं । बुटवलमा आज थप १६ जना नयाँ संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए ।
‘२ जना शाखा प्रमुख र एक कर्मचारीमा संक्रमण देखिएको छ,’ उनले बताए ।
आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ ।
यसैबीच बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline